१.
जनताको मतलब छैन सत्ता मोह मात्रै
बैठकको आैचित्य छैन भत्ता मोह मात्रै
आज युवा छैनन् देशमा न त भोलि हुन्छन्
काम गर्ने नेता कोहि छैनन् बक्ता मोह मात्रै ।
२.
ओठमा मुस्कान हुदैमा मनमा पिर हुदैन भने
हातमा धनुष हुदैमा खल्तीमा तिर हुदैन भने
सायद संसारमै दुखी तिनिहरु नै हुन्
खल्तीमा धन हुदैमा उज्यालो शिर हुदैन भने ।
३.
भरिएर पोखिएको पानीले अन्त असर पुर्याउछ
उम्लिएर पोखिएको पानीले आफै रित्तो बनाउँछ
पोखिनु भनेको आफैमा राम्रो होइन थाहा होस्
चिप्लिएर पोखिएको पानीले सधैं पछुतो गराउँछ ।
४.
प्रकृति रमाउन पनि बसन्त आउनु पर्छ
जीन्दगी बिताउन पनि ममता पाउनु पर्छ
होस्टल कोहि आश्रम पुगेकाे देख्दा अचेल
बालबच्चा र बुबाआमाकाे लागि कमाउनु पर्छ ।
लमजुङ, बेशिशहर