कसरी उभिन सकिन्छ आफूलाई उचाई दिएर,
अरे!बुझिन मैले बरु जाउ न कोहि बुझाइ दिएर ।
वर्षौं देखि को तापले कोइला बन्यो दाउरा पनि,
गयो कोहि मेरो अगाडी आमालाइ सुनाइ दिएर।
म पटकपटक भौतारिएको छु खोजिरहेछु केही
तिमी मुसुक्क हाँसिदिन्छौ मनमा लुकाइ दिएर।
परिपक्व पनि यो मानेमा भएको रहेछु म अचेल
र त चाडबाड आउछन् ,जान्छन् बस् रुवाइ दिएर।
बा, अस्पताल जाउँ औषधि लेख्दिन्छ्न् डक्टरले
भो जान्न छोरा डक्टरले पठाउछन् मन दुखाइ दिएर।
भरतपुर, चितवन

