मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएकाे छ । बुधबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हो ।
‘बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी’ भन्ने मुख्य उद्देश्यले १२ नम्बर वडालाई बालमैत्री वडा घाेषणा गरिएकाे हाे । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना लामाले वडालाई बालमैत्री निकृष्ट बालश्रम मुक्त, बालबिवाह मुक्त तथा स्थानीय शासन युक्त वडा घाेषणा गरेकी हुन् । घाेषणा कार्यक्रममा नगर प्रमुख लामाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दैमा बालश्रम र बालविवाह अन्त्य नहुने भन्दै बालश्रम र बालविवाह न्यूनीकरण गर्न अभियानको रुपमा अघि बढाइएको बताइन् ।
कार्यक्रममा वडाको प्रतिवेदन वडा सदस्य महेश भट्टराईले प्रस्तुत गरेका थिए । बालमैत्री घाेषणाकाे लागि आवश्यक ५१ वटा सुचक मध्ये ४७ वटा सूचकमा सत प्रतिशत र ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम ८० प्रतिशत नतिजा हासिल भएकाेले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको उनले जानकारी दिए ।
वडामा १८ वर्ष मुनिका बालबालिका ३ हजार ७८ जना रहेकोमा १ हजार ५ सय ७८ बालक र १ हजार ५ सय बालिका रहेकाे प्रतिवेदनमा उल्लेख छ । वडामा सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालय सञ्चालनमा रहेको छ भने २२ वटा बालसमुह र १ वडास्तरीय बाल समुह सञ्जाल रहेका छन् । जसमा ५५० जना बालबालिकाहरु आवद्ध रहेको भट्टराईले बताए ।
हेटौंडा–१२, नम्बर वडाका वडाध्यक्ष अर्जुन तिवारीको अध्यक्षता तथा नगर प्रमुख लामाको प्रमुखको आतिथ्यतामा भएकाे कार्यक्रममा उप प्रमुख राजेश बानियाँ, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बाल समुहका अध्यक्ष, विद्यार्थी, स्काउट, नेपाल प्रहरी तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सन्देश व्यक्त गर्नु भएको छ ।
‘भुकम्पीय सचेतनामा वृद्धिको लागी उहाँले शुभकामना व्यक्त गर्नु भएको छ । वि.स. १९९० साल माघ २ गतेको विनाशकारी भुकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भुकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा देवकोटाले सचता अभिवृद्धीका लागि सन्देश वक्तव्य प्रकाशन गर्नु भएको हो ।
भुकम्पीय सुरक्षा तथा सचेतना बढाउन हरेक वर्ष माघ २ लाई भुकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । यस दिन विभिन्न चेतना र सावधानीमुलक कार्यक्रमसहित मनाइन्छ । यो वर्षको भुकम्प सुरक्षा दिवस “भुकम्पले सिकाएको पाठ: बलिया संरचना र सुदृढ पुर्वतयारीका साथ” नाराका साथ मनाइदै छ ।
भुकम्प प्राकृतिक प्रकोप हो, यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानि, पुर्वतयारीका उपायहरु अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।
‘भुकम्पलाई क्षतिको कारण मान्नुभन्दा हामी बलिया, सुरक्षित संरचना, पुर्वसावधानी र भुकम्प गइहालेमा गर्नुपर्ने प्रतिकार्यमा उचित ध्यान दिएर सुरक्षात्मक स्थितिमा रहनुपर्दछ‘ सन्देशमा भनिएको छ : ‘नेपाल भुकम्पीय जोखिम क्षेत्रमा रहेको कारणले पनि हामी धेरै सचेत हुनु जरुरी छ ।’
वि.स.२०७२ को बिनाशकारी भुकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भुकम्पहरुले तर्साइरहेको सन्दर्भमा यसबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउन पर्ने उहाँले सन्देशमा बताउनु भएको छ ।
राज्यका सम्पुर्ण निकाय समेत् पुर्वतयारीका साथ रहनुपर्ने उहाँले सझाव दिनु भएको छ । प्रदेश प्रमुख देवकोटाले इतिहासको विभिन्न कालखण्डमा गएका भुकम्पमा परी ज्यान गुमाउने ज्ञात अज्ञात व्यक्तिहरुप्रती श्रद्धाञ्जली समेत अर्पण गर्नु भएको छ ।
बालिकालाई बलात्कार गर्ने युवकलाई जन्मकैद
Tags: No Comments
मकवानपुर । बालिकालाई बलात्कार गर्ने १ जना युवकलाई मकवानपुर जिल्ला अदालतले जन्मकैदकाे फैसला सुनाएको छ । छोरी नाता पर्ने बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त युवकलाई ७ लाख रुपैयाँ जरिवाना र ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश समेत गरेको छ ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया गाउँपालिकाका २८ वर्षीय युवकले बालिकालाई पटक/पटक बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । छोरीलाई बलात्कार गरेको देखेपछि आमाले २०८० कात्तिक १ गते बाबुको विरुद्ध जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् ।
उजुरीको आधारमा प्रहरीले युवकलाई पक्राउ गरी हाडानाता जबर्जस्ती करणीमा अदालतमा मुद्दा दर्ता गर्दै जन्मकैदको माग दाबी गरेको थियो । अदालतद्वारा जन्मकैद तोकिएका युवक क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज मंगलबार परेको माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।
‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु‘ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।
माघे सक्रान्ती/माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले आ-आफ्नै तरिकाले मनाउने प्रचलन छ । मौलिक संस्कृतिका धनी थारू समुदायले यसलाई अति उल्लासका साथ नयाँ वर्षको रूपमा नाँचगान, आफन्त भेटघाट गरि मनाउने गर्दछन् ।
यो पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरि घ्यू, चाकु, तीलको लड्ड, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायतका पवित्र तीर्थस्थलहरुमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ ।आजदेखी उत्तरायण आरम्भ हुने गर्दछ ।
बिशिष्ट र मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरु हाम्रा खुसी जीवनका आधार रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ । ‘यी पर्वहरूले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छन्, हामीले हाम्रा बिशिष्ट पहिचानहरुलाई संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ‘ उहाँले शन्देशमा भन्नु भएको छ ।
आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्नको लागि सबैलाई यो पर्वले प्रेरणा प्राप्त होस् भन्नु भएको छ ।