मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरले जिल्ला कार्यालयमा केन्दकाे बोर्ड राखेको छ । बुधबार नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान र अध्यक्ष प्रेम बहादुर पुलामीको उपस्थिीमा बोर्ड राखिएको हो ।
हेटौंडा ४ गादोईस्थित पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखेपछि बोल्दै इन्चर्जा मोक्तानले अदालतको फैसला सम्मान गर्न माओवादी केन्द्रको बोर्ड राखिएपनि पुनः पार्टी एकता हुने बताइन् । ‘अहिले हामी फरक फरक भएका छौं, तर पनि छिट्ट हामी एक हुनेछौं’, उनले भनिन् ।
पार्टी अध्यक्ष पुलामीले अदालतकाे नेकपा दल सम्बन्धी निर्णयले नयाँ ढंगले राजनीतिक घटना अघि बढेको बताउँदै नेकपा नेकपाकै नाममा धेरै जनप्रतिनिधिले निर्वाचन जितेकाले यसबारे संबैधानिक ब्याख्या आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा मकवानपुरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । हेटाैडामा फागुन २७ गते विहीबारबाट हुने ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ फुटबलको तयारी पुरा भएको छ । कोरोना त्रास पछि उपत्यका बाहिर हुन लागेको प्रतियाेगिताकाे लागि गर्नु पर्ने सबै तयारी पुरा भएकाे आयोजकले जनाएको छ ।
कोरोनाका कारण लामो समय खेलकुदकाे क्षेत्रमा परेकाे असर तथा आर्थिक मन्दी पछि हेटौंडाको बन बिज्ञान अध्ययन सस्थान स्थित खेलमैदानमा हुने गाेल्डकप ठुलो राशी पुरस्कार रहेको आयोजकको दाबी छ । प्रतियोगिताका लागि मकवानपुरमा रहेको १० वटा स्थानिय तहले आर्थिक सहयोग गरेको प्रतियोगिताका संयोजक प्रताब बिष्टले जानकारी दिए ।
आज फागुन २७ गतेबाट चैत्र ७ गते सम्म चल्ने प्रतियोगितामा अन्तरगत फागुन २७ गते हुने उदघाटन खेलमा घरेलु टोली रिगत हेटौंडा रिसोर्ट मकवानपुर–११ र सिमराको नव जनजागृती क्लब भिड्ने छन् । प्रतियाेगितामा लिग च्याम्पियन मछिन्द्र सहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), साविक विजेता मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता रहने आयोजकले जनाएको छ ।
दर्शकको सुबिधाका लागि आयोजकले मैदानमा प्याराफिट निर्माण गरेको छ । मैदानको तिन क्षेत्रमा फलाम र बाँसको प्यारफिट निर्माण गरिएको हो । मैदानको घेराबार सकिएको छ भने स्टेज निर्माणको काम अन्तिम चरण पुगेको बताइएको छ । यसपालि ४ हजार दर्शक क्षमताको फलामे प्याराफिट राखिएको र मैदानमा बसेर हेर्न मिल्ने गरी निर्माण गरिएको मकवानपुर फुटबल संघले जनाएकाे छ ।
प्रतियोगिताको टिकट नकआउट चरणमा एकसय, सेमिफाइन चरणमा दुई सय र फाइनल तीन सय रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वेउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार रुपैयाँ सहित ट्रफि वितरण गरिने आयोजकले जनाएको छ ।
गााेल्डकपमा सहभागी हुने घरेलु टोली मकवानपुर–११ लाई हेटौंडा–५ पिप्लेमा रहेको रिगल रिर्सोटले साथ दिएको छ । रिर्सोटले मकवानपुर ११ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि हुने खेलाडिको लागि जर्सिं सहितको सुबिधा व्यवस्थापन गर्ने सहमति भएको मकवानपुर फुटबल संघका सचिब दिपेन्द्र ढकालले जानकारी दिए । मकवानपुरबाट राष्ट्रिय टोलीमा र ‘ए’ डिभिजन टीमबाट खेली सकेका रन्जन बिष्ट, अमिर श्रेष्ठ, अशोक बराल, बिमल राना सहितका खेलाडिले टोलीले प्रदर्शन गर्ने छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ वटा माेटर साईकल चाेरी गर्ने ३ जना लाई पक्राउ गरेकाे छ ।
फागुन २३ गते मनहरी ९ का सरोज कुमार श्रेष्ठको ना ४८ प २५७५ नं. को पल्सर मोटरसाईकल हेटाैडा २ चौकिटोलमा पार्कीङ गरी राखेको ठाँउबाट चाेरी गर्ने भरतपुर महानगरपालिका ११ का बर्ष २१ को विजय बोहरालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
सवारी धनी श्रेष्ठकाे निवेदनकाे आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलिले खाेजतलास गर्दा फागुन २५ गते भरतपुर महानगरपालिका ११ स्थितबाट माेटर साइकल चाेरी गर्ने बोहरालाई माेटर साईकल सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यस्तै फागुन २४ गते हेटौडा १८ का जगदिश ढुङ्गानाको बा ८० प ५०४५ नं. को पल्सर मोटरसाईकल हेटाैडा ४ हुप्राचौर सडक छेउमा पार्कीङ गरी राखेको ठाउँबाट चाेरी गर्ने मनहरी ४ का बर्ष २९ को प्रेम राई र राक्सिराङ ३ का वर्ष २१ को प्रकाश थिङलाई पक्राउ गरिएकाे प्रवक्ता रिमालले बताए ।
सवारी धनी ढुंगानाकाे निवेदनकाे आधारमा वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको प्रहरी टोलीले खाेजतलास गर्दा फागुन २४ गते हेटाैडा ४ हुप्राचौरबाट राई र थिङलाई चोरी भएको मोटर साइकल सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको रिमालले जानकारी दिए।
मकवानपुर । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा मंगलबार सम्म साढे पाँच गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा १५ लाख ७० हजार ४ सय १४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ता शेयर खरिदको लागि आवेदन परेको कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ५.६३ गुणा बढी हो ।
कम्पनीले फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी(आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउछ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।