मकवानपुर । हेटाैडामा फागुन २७ गते विहीबारबाट हुने ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ फुटबलको तयारी पुरा भएको छ । कोरोना त्रास पछि उपत्यका बाहिर हुन लागेको प्रतियाेगिताकाे लागि गर्नु पर्ने सबै तयारी पुरा भएकाे आयोजकले जनाएको छ ।
कोरोनाका कारण लामो समय खेलकुदकाे क्षेत्रमा परेकाे असर तथा आर्थिक मन्दी पछि हेटौंडाको बन बिज्ञान अध्ययन सस्थान स्थित खेलमैदानमा हुने गाेल्डकप ठुलो राशी पुरस्कार रहेको आयोजकको दाबी छ । प्रतियोगिताका लागि मकवानपुरमा रहेको १० वटा स्थानिय तहले आर्थिक सहयोग गरेको प्रतियोगिताका संयोजक प्रताब बिष्टले जानकारी दिए ।
आज फागुन २७ गतेबाट चैत्र ७ गते सम्म चल्ने प्रतियोगितामा अन्तरगत फागुन २७ गते हुने उदघाटन खेलमा घरेलु टोली रिगत हेटौंडा रिसोर्ट मकवानपुर–११ र सिमराको नव जनजागृती क्लब भिड्ने छन् । प्रतियाेगितामा लिग च्याम्पियन मछिन्द्र सहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), साविक विजेता मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता रहने आयोजकले जनाएको छ ।
दर्शकको सुबिधाका लागि आयोजकले मैदानमा प्याराफिट निर्माण गरेको छ । मैदानको तिन क्षेत्रमा फलाम र बाँसको प्यारफिट निर्माण गरिएको हो । मैदानको घेराबार सकिएको छ भने स्टेज निर्माणको काम अन्तिम चरण पुगेको बताइएको छ । यसपालि ४ हजार दर्शक क्षमताको फलामे प्याराफिट राखिएको र मैदानमा बसेर हेर्न मिल्ने गरी निर्माण गरिएको मकवानपुर फुटबल संघले जनाएकाे छ ।
प्रतियोगिताको टिकट नकआउट चरणमा एकसय, सेमिफाइन चरणमा दुई सय र फाइनल तीन सय रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वेउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार रुपैयाँ सहित ट्रफि वितरण गरिने आयोजकले जनाएको छ ।
गााेल्डकपमा सहभागी हुने घरेलु टोली मकवानपुर–११ लाई हेटौंडा–५ पिप्लेमा रहेको रिगल रिर्सोटले साथ दिएको छ । रिर्सोटले मकवानपुर ११ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि हुने खेलाडिको लागि जर्सिं सहितको सुबिधा व्यवस्थापन गर्ने सहमति भएको मकवानपुर फुटबल संघका सचिब दिपेन्द्र ढकालले जानकारी दिए । मकवानपुरबाट राष्ट्रिय टोलीमा र ‘ए’ डिभिजन टीमबाट खेली सकेका रन्जन बिष्ट, अमिर श्रेष्ठ, अशोक बराल, बिमल राना सहितका खेलाडिले टोलीले प्रदर्शन गर्ने छन् ।

