मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको हेटौँडा उपमहानगरपालिका कार्यसमितिकाे अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा श्रेष्ठकाे अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमितिको निर्वाचन भएकाे हाे ।
निर्वाचनबाट हेटौँडा नगरसमितिमा कवीन्द्रराज भट्टराई, नवराज पौडेल, बिशभ अधिकारी, गुरुप्रसाद सापकोटा, उदयनारायण दङ्गाल, केशवप्रसाद तिमल्सिना, राजुबाबु श्रेष्ठ, इन्दिरा बानियाँ, ध्रुवप्रसाद सञ्जेल, भगवान् बर्तौला, होमबहादुर थापा मगर, टीका कार्की, गुञ्जनबहादुर न्यौपाने, लक्ष्मण दाहाल, सागर थापा, टीकाबल्लभ ढुङ्गाना, सरस्वतीकुमारी थिङ, ध्रुवबहादुर गिरी, हीरा चौरेल र उर्मिला घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन पछी समापन समारोहमा नब निर्बाचित समितिलाई पार्टीका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, बालकृष्ण कार्की, रामहरी न्यौपाने, निबर्तमान नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, दामोदर वाग्ले लगायतले बधाई शुभकामना दिएका थिए । आइतबार भएको निर्वाचनमा उपमहानगरपालिका क्षेत्रका वडाका निर्वाचित २ सय २४ प्रतिनिधिको सहभागिता रहेको राप्रपा मकवानपुरले जनाएको छ ।
मकवानपुर । यस वर्षको क्यान इन्फोटेक आगामी वैशाख २८ गतेदेखि हुने भएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औं संस्करण हो । कम्युटर एशोसिएसन नेपाल (क्यान) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।
क्यान इन्फोटेक वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमाभन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो ।
क्यान इन्फोटेकको प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।
यस वर्ष पनि ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा शुभारम्भ गरेकाे छ ।नगदरहित भुक्तानी ब्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप मेगा बैंकले देशभरका बिभिन्न सेवामुलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने ब्यवस्थालाई प्राथमिकता दिँदै आए अनुरुप गागलफेदी यातायातसँग क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो ।
मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए । गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन केसी (खड्का) ले क्यूआर कोड सुविधाको ब्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी ब्यवस्थाको प्रयोगले यातायात संचालक तथा यात्रुहरु दुबैलाई सहज हुने बताए ।
कार्यक्रममा गागलफेदी यातायात प्रालिका संचालकहरु बद्रिबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य शेयरधनीहरुको उपस्थिति थियो । गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।
मकवानपुर । हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को शनिबार भएकाे खेलामा खेलमा संकटा क्लब विजयी भएको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आज भएको खेलमा संकटाले विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदे क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पुलिस क्लबले खेलमा दबाब कायम राखेता पनि स्कोर भने निकाल्न नसक्दा खेलको नतिजा संकटाको पक्षमा आएको हो । खेलको ३१ औं मिनेटमा संकटाका तर्फबाट विदेशी खेलाडी एको लुईच क्लेले गरेको गोल नै अन्तिम निर्णय भएको थियो । पुलिसले गरेको दुई प्रहार मध्ये एउटा संकटाका गोलरक्षकले बचाएका थिए भने एउटा बारमा लागेको थियो । पुलिसले बललाई नियन्त्रणमा लिएता पनि लक्षित प्रहार भने गर्न सकेको थिएन ।
प्रतियोगिता अन्तर्गत इतबार नेपाल ए.पी.एफ र सर्लाहीको बागमती युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ । मकवानपुरका स्थानीय तहहरुको सहयोगमा जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।