मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको हेटौँडा उपमहानगरपालिका कार्यसमितिकाे अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा श्रेष्ठकाे अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमितिको निर्वाचन भएकाे हाे ।
निर्वाचनबाट हेटौँडा नगरसमितिमा कवीन्द्रराज भट्टराई, नवराज पौडेल, बिशभ अधिकारी, गुरुप्रसाद सापकोटा, उदयनारायण दङ्गाल, केशवप्रसाद तिमल्सिना, राजुबाबु श्रेष्ठ, इन्दिरा बानियाँ, ध्रुवप्रसाद सञ्जेल, भगवान् बर्तौला, होमबहादुर थापा मगर, टीका कार्की, गुञ्जनबहादुर न्यौपाने, लक्ष्मण दाहाल, सागर थापा, टीकाबल्लभ ढुङ्गाना, सरस्वतीकुमारी थिङ, ध्रुवबहादुर गिरी, हीरा चौरेल र उर्मिला घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन पछी समापन समारोहमा नब निर्बाचित समितिलाई पार्टीका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, बालकृष्ण कार्की, रामहरी न्यौपाने, निबर्तमान नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, दामोदर वाग्ले लगायतले बधाई शुभकामना दिएका थिए । आइतबार भएको निर्वाचनमा उपमहानगरपालिका क्षेत्रका वडाका निर्वाचित २ सय २४ प्रतिनिधिको सहभागिता रहेको राप्रपा मकवानपुरले जनाएको छ ।
