२०८० असार १० मा पुनः सूचना प्रकाशित गरिएको तर १४ जना सरोकारवालाबाट उत्प्रेषणसमेतको आदेश माग भएकाले काम रोक्नु परेको थियो । सडक डिभिजनले २०७३, २०७६, २०८० र २०८२ मा गगरी अवैध संरचना हटाउन आग्रह गरेको थियो ।
मकवानपुर । एमाले नेता गोकुल बास्कोटा प्रमुख अतिथि रहेको भेलामा कानूनको अध्ययन र अभ्यास गरेका र सुभाष नेम्बाङको झल्को दिने नेता महेश बर्तौला भएकाे बताए ।
‘मृदुभाषी बर्तौला सभामुख, मन्त्री जस्ता जिम्मेवारी सहजै निर्वाह गर्न सक्ने सक्षम व्यक्ति हुन्’ उनले भने ‘तपाईंहरु बर्तौलालाई जिताएर पठाउनुहोस् भूमिकाले र अहिलेको माहोलले उनी जस्ता शिक्षित युवा खोजेको छन् ।’ यस क्षेत्रको विकासलाई थप सम्बोधन गर्न सक्ने गरि जिम्मेवारी पार्टीले दिने उनले बताए ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार बर्तौलाले आफूले छोटो कार्यकालमा पनि जनताको सरोकारका विषयलाई संसदमा प्रभावकारी ढंगले उठाएको दाबी गरे । ‘म संसद चल्दा संसदभित्र र नचल्दा जनताको दैलोमा छु । थाहा, भीमफेदी र राक्सिराङ जस्ता भूगोलका समस्यालाई सरकारसम्म पुर्याउन मैले कुनै कसर बाँकी राखेको छैन’ उनले भने ।
एमाले मकवानपुर जिल्ला उपाध्यक्ष हिदम लामाले बर्तौलालाई एमबिबिएस, एमपिए र एलएलबी जस्ता उच्च शिक्षा हासिल गरेका योग्य युवा उम्मेदवारको रूपमा चित्रण गरे । ‘जातजाति वा सम्प्रदायका नाममा हुने भ्रमबाट मुक्त हुनुहोस्। थाहा नगरको पहिचान र विकासका लागि बर्तौला नै सबैभन्दा उपयुक्त पात्र हुनुहुन्छ’ उनले भने ।
नेपाली काँग्रेस परित्याग गर्दै ८६ वर्षीय वीर बहादुर गोले एमाले पार्टी प्रवेश गरेका छन् । लामो समय नेपाली काँग्रेसमा आबद्ध रहनुभएका गोलेले एमालेको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेकाे बताए । एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आगामी माघ २० गते थाहा नगरका सबै वडाहरूमा एकैसाथ विस्तारित बैठक आयोजना गर्न निर्देशन दिएका छन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्य भारती पाठक, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला उपाध्यक्ष हिदम लामा, अच्युतम ढकाल, कल्पना बलामी, रामहरी लामिछाने, अनेमसंघ जिल्ला सचिव सुशीला मल्ल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
९१७ निर्वाचन परिचालन कमिटी गठन
१७ माघमा थाहा नगरस्थित जेसिस हलमा सम्पन्न नगरस्तरीय विस्तारित भेलाले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बलराम बलको संयोजकत्वमा ९१७ सदस्यीय विशाल ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) थाहा नगरले आफ्नो चुनावी तयारीलाई तीव्र पारेको छ । नगर स्तरीय विस्तारित भेलाले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बलराम बलको संयोजकत्वमा ९१७ सदस्यीय विशाल ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ ।
निर्वाचन परिचालन कमिटी सह-संयोजकहरूमा चित्र बहादुर बलामी, अच्युतम ढकाल र कल्पना बलामी तथा सचिवमा सुरेन्द्रमान प्रधान चयन भएका छन् । त्यसैगरी स्वयंसेवक परिचालन कमिटीको संयोजकमा विजय बलामी, सह संयोजकमा भाइकाजी बलामी, सचिव सुमन रायमाझी जिम्मेवारी तोकेको छ । प्रचारप्रसार कमिटीको जिम्मेवारी सुमन रायमाझीलाई तोकेको छ । आर्थिक व्यवस्थापनमा बिमल ढकाल संयोजक, अनुगमन कमिटीमा बुद्धरत्न मानन्धरको संयोजकत्वमा १७ सदस्यीय कमिटी निर्माण गरेको छ ।
यसका साथै थाहा नगरका १२ वटै वडाहरूमा निर्वाचन परिचालन कमिटीका संयोजक र सह-संयोजकहरू समेत तोकिएको एमाले निर्वाचन फोकल पर्सन आशिष अस्लामीले जानकारी दिए । यसका साथै थाहा नगरका १२ वटै वडाहरूमा निर्वाचन परिचालन कमिटीका संयोजक र सह–संयोजकहरू समेत तोकिएको एमाले निर्वाचन फोकल पर्सन आशिष अस्लामीले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे क्षेत्र नम्बर १ का उम्मदवार विजय गौतमले चुनावी अभियान सुरु गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट उम्मेदवारी दिएका गौतमले चुनावी अभियान तीव्र बनाएका हुन् ।
चुनावी अभियानकै क्रममा बागमती गाउँपालिकाका ३ वडामा अगुवा कार्यकर्ता भेला तथा कार्यालय उद्घाटन गरेका छन् । गौतमलाई विजयी गराउने उद्देश्यका साथ बागमती गाउँपालिकाका तीन वटा वडामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको पार्टीले जनाएकाे छ।
इमान, निष्ठा र जिम्मेवारी बाेधका साथ आफूले उम्मेदवारी दिएकाे गौतमले बताए। उनले चुनावको समयमा मात्र नभई यसअघिदेखि नै आफू निरन्तर जनताको बीचमै रहँदै आएको र अहिले उम्मेदवारीसहित घर–घरमा पुगिरहेको बताए। देशलाई आवश्यक परिवर्तनका लागि नेतृत्वमा पुस्तान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै युवा नेतृत्वको खाँचो रहेको उनले बताए। ‘अहिलेको पुस्ता, विशेषगरी नवयुवा (Gen Z) ले पनि परिवर्तन, हस्तान्तरण र नयाँ नेतृत्व खोजिरहेको छ’ उनले भने ‘आफू परिवर्तनको एजेन्डा बोकेर अघि बढेको दाबी गर्दै मतदाताले सशक्त, जुझारु र सक्रिय युवा उम्मेदवारलाई समर्थन गर्ने विश्वास छ ।’
नेताहरूले मकवानपुर–१ मा विजय गौतमको जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै जनसमर्थन थप मजबुत बन्दै गएको बताएका थिए। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले विजय गौतमलाई मकवानपुर–१ बाट सर्वाधिक मतका साथ विजयी गराउन सबैलाई सक्रिय हुन आग्रह गरेका छन्।
बागमती गाउँपालिका वडा नम्बर–७ (पाथिभरा), वडा नम्बर–५ (ज्यामिरे) र वडा नम्बर–४ (झुरझुरे) मा छुट्टाछुट्टै रूपमा कार्यक्रम आयोजना गरी चुनावी अभियानलाई थप गति दिइएको हो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू प्रेमबहादुर पुलामी (छिन्तु), सर्केस घलान, ध्रुव भुजेल, केन्द्रीय सदस्य तथा सल्लाहकार परिषद सदस्य यादव गजुरेल सहित प्रदेशस्तरीय नेताहरू कमान सिंह पाख्रिन, ग्यान सागर लामा, अरुण बल, माधव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्टले जनताले दिएकाे जिम्मेवारी इमानदारी पूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका विष्टले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का कार्यकर्तासँगको अन्तरक्रियामा बोल्दै एमाले–कांग्रेसको बहुमत सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण देशमा नवयुवा (Gen-Z) काे विद्रोह भएको दाबी गरे। नवयुवा (जेन–जी) को भावना नेपाली कम्युनिस्ट पार्टीले मात्र बोकेको उल्लेख गर्दै उनले देशको समृद्धिकाे नेतृत्व पनि नेकपाले गर्ने बताए । ‘जनताको भरोसा र सहभागिताबाट मात्रै मुलुकको वास्तविक रूपान्तरण सम्भव हुनेछ’ उनले भने ।
नेकपाका समानुपातिक उम्मेदवार मंगलसिं प्रजाले भने ‘व्यवस्था पनि हामीले बदल्यौँ, अवस्था पनि हामीले बदल्छौँ ।’ नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री कुमारी माेक्तानले देशब्यापी पाचकुने ताराकाे माहोल बढेको र मकवानपुरमा पहिलो पार्टी बन्ने दाबी गरे । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य किशोर बर्तौलाले जसको नीति उसकै नेतृत्व हुनु आवश्यक रहेको बताए । हेटौंडा ११ लाई असली कम्युनिस्टको किल्ला बनाउन जरुरी रहेकाे उनलेे बताए ।
नेता सागर बानियाँले स्थानीय बासिन्दाहरू तारा चुनाव चिह्नमा मतदान गर्न उत्सुक रहेको बताए । बानियाँले ‘विष्टलाई जिताउन स्थानीयहरू स्वतःस्फूर्त चुनावी प्रचारमा सक्रिय भएर लागिरहेका छन्’ उनले भने । ११ नम्बर पार्टी संयाेजक रामकृष्ण बस्नेतकाे सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ल लगायतको उपस्थिति रहेको थियो।
यसैबीच नेकपाका प्रदेश सचिवालय सदस्य सागर बानियाँकाे संयाेजकत्वमा १०१ सदस्यीय ११ नम्बर वडा स्तरीय प्रचारप्रशार समिति गठन गरिएको छ । सहसंयाेजकहरूमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा, देवनारायण चाैलागाई रहेका छन् ।
मकवानपुर । २०८२ फागुन २१ गतेकाे लागि ताेकिएकाे प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका महेश कुमार बर्तौलाले चुनावी अभियान सुरु गरेका छन् । बर्तौलाले १०४ वर्षीया जेष्ट नागरिक कालिमाया मोक्तानको हातबाट टिका र आर्शिवाद लिएर चुनावी अभियान सुरु गरेका हुन् ।
बर्तौलाले सोमबार हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी स्थित जम्बु चौतारीमा कालिमायाको हातबाट आर्शिवाद ग्रहण गरेर चुनावी अभियान सुरु गरे । १०४ वर्षकी कालिमायाले बर्तौलालाई टीका, माला र खादा लगाउँदै जीतको शुभकामना दिइन् । राक्सिराङ गाउँपालिका स्थायी घर भएकी कालिमाया र उनका परिवार अस्थायी रुपमा बसामाडीमा बस्दै आएका छन् ।
जिउँदो भगवानको रुपमा रहेको जेष्ठ नागरिक आमाको हातबाट आर्शिवाद ग्रहण गरेर पार्टीको औपचारिक चुनावी कार्यक्रमको अभियान जम्बु चौतारीबाट सुरु गरिएको बर्तौलाले बताए । उनले २०७९ को निर्वाचनमा विजयी गराएर पठाएपछि निर्वाचन क्षेत्र र सिंगो मकवानपुरको लागि विभिन्न विकासका योजनाहरु ल्याउन सफल भएको बताए । सांसद निर्वाचित भएर काम गरिरहँदा ३२ महिनामै संसद विगठन भएपश्चात् काम गर्न बाँकी योजनाहरु पूरा हुन नसकेको बताए । ती योजनाहरु पूरा गर्नका लागि दोस्रो पटक अवसर दिनु बर्तौलाले आग्रह गरे । औपचारिक उद्घाटन पश्चात् अब चुनावी भेटघाटलाई तीव्रता दिइने बर्तौलाले बताए ।
कार्यक्रमा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले देश जलाउनेहरु विरुद्धको चुनाव भएको कारण सोचेर देश बनाउनेहरुलाई मतदान गर्नुपर्ने बताए । देश बनाउने एमाले भएकाेले बहुमतको साथ विजय गराउनैपर्ने चुनाव भएको बताए । ‘पछिल्लो समय गाउँ बस्तीमा नकारात्मक भ्रमहरु सिर्जना भैरहेका छन्,’ लामाले भने, ‘राज्यको सम्पत्तिमा आगो लगाएर, राज्यको सम्पत्ति खर्च हुनेगरी ३२ महिनामै प्रतिनिधि सभालाई विघठन गर्ने काम भयो । त्यसैले मत दिनुअघि सोचेर मात्रै मतदान गरौँ ।’
नयाँ दल भनेर मतदातामा भ्रम फैलाए पनि विकासका कामहरु सबै पूराना दलले गरेको लामाले बताए । एमालेका युवा, शिक्षित, शालिन र देशभक्त युवा उम्मेदवारलाई जिताएर मकवानपुर–२ मा आफ्नो अधिकार सुनिश्चित गर्न लामाले अनुरोध गरे । नेकपा एमालेकी केन्द्रीय सदस्य भारती पाठकले बर्तौलाले गत निर्वाचनमा निर्वाचित भएर गएपछि गरेका कामहरु, सदनमा उठाएका आवाजलाई आधार मानेर मतदान गर्नुपर्ने बताइन् । मकवानपुरका समस्यालाई संघीय संसदमा उठाएर केन्द्रीय स्तरमै ध्यानाकर्षण गराउन सक्ने सक्षम उम्मेदवार एमालेले अघि बढाएको कारण यो पटक मकवानपुर–२ मा बर्तौला बाहेक अरुलाई मत दिन नहुने बताइन् ।
निर्वाचन आचार संहिताका कारण फागुन ४ अघि कुनै सभा, समारोह, आमसभा लगायतका कार्यक्रम भने नगरिने एमाले मकवानपुरले जनाएकाे छ । बर्तौलाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार मतान्तरले पराजित गरेका थिए ।