मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक शैक्षिक हडतालमा उत्रिएका छन् । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै हडतालमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन प्रभावित भएको हो ।
प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प रहेकाे प्राध्यापक कल्याणकारी समिति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले बताए । प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।
प्राध्यापक कल्याणकारी समिति अध्यक्ष सापकोटाले प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम नपाए पछि हडतालमा उत्रिएकाे बताए । ।
चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ ।
प्राध्यापक कल्याणकारी समितिले बिहीबार सात बुँदे विज्ञप्ति जारी गरी नियम अनुसार पाउनुपर्ने तलब भत्ता तथा सेवा सुविधा समयमै उपलब्ध गराउनुपर्ने प्रतिष्ठान तथा शिक्षकहरुको स्थायित्वका लागि सेवा आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् ।
बिहीबार आन्दोलनरत प्राध्यापक र प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबीच भएको छलफल विना निश्कर्ष सकिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले भने बार्ता सहमति नजिक पुगेको बताए । ‘प्रतिष्ठानले समस्या समाधानको लागि सम्बन्धित निकायहरुसँग निरन्तर प्रयत्न गरिरहेको छ । टुंगिने अवस्थामा पुगेको छ’, उनले भने । चिकित्सा शिक्षा आयोगको नियमानुसार स्वास्थ्य मन्त्रालयबाट भर्ना भएका विद्यार्थीको छात्रवृत्तिवापतको ७५ प्रतिशत रकम नपाउँदा प्राध्यापकलाई तलब भत्ता दिन नसकेको उनले जानकारी दिए ।
प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ । प्राध्यापक कल्याणकारी समिति विभिन्न ७ बुदे माग राखेर हडतालमा उत्रिए पछि पठनपाठन प्रभावित भएकाे हाे ।

मकवानपुर । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यकाे निर्वाचन आगामी माघ ११ गते विहीबार गर्न सरकारलाई सुझाव दिएकाे छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यकाे म्याद समाप्त हुने भएकाेले उक्त पदमा निर्वाचन आगामी माघ ११ गते गर्ने गरी मिति तोक्न विहीबार सरकारलाई सुझाव दिएको हाे ।
आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उक्त परामर्श दिइएकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयाेगका पदाधिकारीलाई प्रधानमन्त्री दाहालले आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन हुने गरी तोकिने जानकारी दिएकाे प्रवक्ता पौडेलले बताए ।
नेपालको संविधानकाे धारा ८६ (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ । राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कायम भएका मतदाताहरूको नयाँ मतभार कायम गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम गरिएको आयोगका प्रवक्ता पौडैलले जानकारी दिए ।
बैठकले एक जना प्रदेश सभा सदस्य बराबर ५३ मतभार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभार कायम गरेको पाैडेलले बताए । यसअघि एक जना प्रदेश सभा सदस्यको मत ४८ र स्थानीय तहका मतदाता जनप्रतिनिधिकाे मतभार १८ कायम थियो ।
हाल राष्ट्रिय जनगणना २०७८ प्रतिवेदन सार्वजनिक भैसकेकोले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार ताेकिएकाे आयाेगले जनाएकाे छ ।
मकवानपुर । स्थानीय क्षेत्रको विकास निर्माणमा प्राय स्थानीयहरु नै श्रमदान र लगानीमा लागि पर्छन् । तर मकवानपुरको थाहा नगरपालिकामा एउटा खानेपानी योजनाको लागि विदेशी स्वयम् सेवकहरु पनि श्रमदानमा लागि परेका छन् ।
थाहा नगरपालिका वडा नम्बर १२ मा लितीमा रहेका दुईसय भन्दा बढी घरधुरीमा स्वच्छ खानेपानी पु¥याउन विदेशी स्वयमसेवकहरु पनि लागि परेका हुन् । खानेपानी आयोजनाको रिजर्भ ट्यांकीको शिलान्यास गरिए पछि स्थानीय र विदेशीहरु एकै साथ श्रम दानमा जुटेका छन् ।
उक्त खानेपानी आयोजनाको लागि थाहा नगरपालिकाको विकास साझेदारको रुपमा रहेको संस्था च्वाईस नेपालले १ करोड लगानी गर्ने भएको छ । कूल २ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपियाँ लागत अनुमान गरिएको खानेपानी आयोजनाको लागि १ करोड बराबरको श्रमदान हुनेछ भने थाहा नगरपालिकाले ६० लाख लगानी गर्नेछ । थाहा नगरपालिका वडा नम्बर १२ को नागदह, ब्लेटोल, गौराइटोल, नयाँघर टोललगायतका गाउँलाई लक्षित गरी खानेपानी आयोजना निर्माण शुरु गरिएको हो ।
१८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको खानेपानी आयोजना सम्पन्न भएपश्चात २ सयभन्दा बढि परिवार लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरामान घलानले बताए । गुणस्तरीय खानेपानीको अभावमा रहेका उक्त क्षेत्रका बासिन्दाहरुलाई नगरपालिकाको ‘एक घर, एक धारा’ नीति अनुसार खानेपानी आपूर्तिको लागि सहज हुने च्वाईस नेपालका कुल प्रसाद तिवारीले बताए । आयोजनाको रिजर्भ ट्यांकीमा करिब २ किलोमिटर टाढाको घट्टेखोला र मेल खोला मुहानबाट पाईपलाईन मार्फत पानी ल्याइ बितरण गरिने च्वाईस नेपालका प्रताप घिमिरेले बताए ।

यसअघि एउटै धाराबाट धेरै परिवारले पानी थाप्नुपर्ने बाध्यता रहेको सो क्षेत्रमा आयोजना सम्पन्न भएपश्चात् घरमै खानेपानी आपूर्ति हुने भएकोले उपभोक्ताहरु खुसी भएको थाहा १२ का वडा अध्यक्ष टीकाराम स्याङतानले बताए । खानेपानी आयोजनाको लागि सहयोग गर्ने च्वाईस नेपाल र थाहा नगरपालिका र श्रमदान गर्ने डोटेराका स्वयंसेवक सहित स्थानीय लागिपरेका हुन् । खानेपानी आयोजना सम्पन्न गर्नकोलागि स्थानीय संगै डोटेरा हिलिङह्याण्ड फाउण्डेशमा आवद्ध विदेशी ४१ जना स्वयंसेवकहरु श्रमदानमा लागेका छन् । उनीहरु आयोजना क्षेत्रमा केही दिनदेखि स्थानीय जीवनशैली अवलोकनसंगै आयोजना अन्तर्गतको पाइपलाइन खन्ने पुर्ने लगायतका कामहरु गर्दै आएका छन् । स्वयंसेवकहरुमा जापानका ३५ जना,अमेरिकाका ४ जना, स्वीडेन र अष्ट्रेलियाका १/१ जना रहेका छन् ।
आयोजनाको शिलान्यास थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली सहित साँझेदार संस्था च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपानेले संयुक्तरुपमा गरेका थिए । शिलान्यास कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमलकुमार ढकाल, सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) का केन्द्रिय सदस्य ध्रुबराज ढकाल, थाहा नगरपालिका खानेपानी बोर्डका कर्मचारी सुरजकुमार भुजेललगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो
मकवानपुर । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कायम भएका मतदाताहरूको नयाँ मतभार कायम गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले जानकारी दिए ।
बैठकले एक जना प्रदेश सभा सदस्य बराबर ५३ मतभार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभार कायम गरेको पाैडेलले बताए । यसअघि एक जना प्रदेश सभा सदस्यको मत ४८ र स्थानीय तहका मतदाता जनप्रतिनिधिकाे मतभार १८ कायम थियो ।
निर्वाचन आयाेगका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेकाे छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख रहने व्यवस्था गरेकाेले साेही अनुसार मतभारको व्यवस्था रहेको छ । मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गर्नुपर्ने भएकाेले नयाँ मतभार कायम गरिएकाे आयाेगले जनाएकाे छ ।
हाल राष्ट्रिय जनगणना २०७८ प्रतिवेदन सार्वजनिक भैसकेकोले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी आयोगबाट मिति २०८० मंसिर ०६ गते निर्णय भएको प्रवक्ता पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
