हेटौंडामा क्षेत्रीको एकल कविता वाचन
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा कवि अमृत क्षेत्रीको एकल कविता वाचन कार्यक्रम भएको छ ।
फर्क साहित्यिक अभियानको आयोजनामा शुक्रबार पोखराका युवा कवि तथा निबन्धकार क्षेत्रीको एकल कविता वाचन तथा उनको निबन्ध संग्रह यादको कोलाजमाथि चर्चा भएको हो । अभियानले हेटौंडामा गरेको यो पहिलो कार्यक्रम हो ।
युवापुस्ताको बलशाली कवि क्षेत्रीले एक दर्जन कविता सुनाएका थिए । फर्क अभियानका अभियान्ता क्षेत्रीले कार्यक्रमको पहिलो सत्रमा १ दर्जन कविता सुनाए । अर्को सत्रमा उनको निबन्ध कृति “यादकाे काेलाज” माथि समिक्षात्मक टिप्पणी समेत गरिएको थियो । सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिलले क्षेत्रीको निबन्ध संग्रह यादको कोलाजमाथि समिक्षात्मक टिप्पणी गरेका थिए ।
फर्क अभियानले कार्यक्रम बिना अध्यक्ष, बिना अतिथिपनि संचालन गर्न सकिन्छ भनेर पहिलो कार्यक्रम त्यसरी शुरुआत गरेका अभियान्ता बैकुण्ठ लामिछानेले बताए । पछिल्लो समय केही युवाहरूको सहभागितामा फर्क साहित्यिक अभियान चलिरहेको छ । फर्क अभियानमा कवि अमृत क्षेत्री स्वयम् एक अभियन्ताका रुपमा सक्रिय रहेका छन् ।
कार्यक्रममा अभियान्ताहरु सागर तिमल्सिना, सम्प्रस पौडेल, सानू खनाल, रमेश रसिक,स्वस्तिका बानियाँ, अजर फुयाल,अमृता लामिछाने, सुवास सजलको उपस्थिति रहेको थियो ।
८ वटामा योजनामा १ करोड २६ लाख बजेट रकमान्तर
Tags: No Comments
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले विगतमा तय गरेकाे ८४ वटा योजनाबाट ४ करोड २६ लाख ३६ हजार बजेट घटाउँदै १० औं गाउँसभा सकेकाे छ । गाउँपालिकाकाे विकासकाे लागि बजेटकाे व्यवस्थापन हुनुपर्ने तर अघिल्लाे गाउँसभाले बजेट छुट्याउन छुटेका ८ वटामा योजनामा १ करोड २६ लाख बजेट रकमान्तर गरिएको छ ।
शुक्रबार गाउँपालिकाकाे वडा ८ बुढीचाैरमा गरिएकाे सभाले उत्त बजेट पास गरेकाे छ । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाअध्यक्षतामा भएको सभामा उपाध्यक्ष मानकुमारी नेपाली (पाख्रिन)ले संसोधन सहितको विनियोजन विद्ययक र आर्थिक विद्ययक प्रस्तुत गरेकी थिइन् । सभाले उक्त विद्ययक बहुमतले पारित गरेको हाे ।
गाउँपालिकाले किसानकाे हितकाे लागि प्रतिलिटर दुग्ध उत्पादनमा १ रुपैयाँ अनुदान दिने गरी ६० लाख, सामाजिक सुरक्षाभत्तामा ४ लाख, अनुगमन तथा मुल्याङ्कनमा ४ लाख, सार्वजनिक सुनुवाई कार्यक्रममा ३ लाख, कार्यलय व्यवस्थापनमा १० लाख, नगरप्रहरी नियुक्तीमा ३० लाख र सेवा परामर्शमा १० लाख बजेट थपेकाे छ ।
बजेट कटौती गरे अनुसार रकमान्तर कम हुँदा मकवानपुरगढी गाउँपालिकाको बजेट ३ करोड ३६ हजार घटेको छ । यसअघि गाउँपालिकाले ७२ करोड ८२ लाख २ हजार ४६९ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
गाउँपालिका उपाध्यक्ष नेपाली प्रस्तुत गरेको आयव्यय बिवरण अनुसार चालु आर्थिक बर्षमा ४३ दशमलव ३ प्रतिशत अर्थात ३१ करोड ५३ लाख ६१ हजार वास्तविक आय भएको छ । चालु आर्थिक बर्षको वितेको ६ महिनामा १८ करोड ३५ लाख ४ हजार खर्च अर्थात २५ दशमलव १८ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ ।

सभामा अध्यक्ष लामाले करारका कर्मचारीहरुको म्याद थप गर्ने, जिन्सी समान लिलाम, धुल्याउने र मिन्हा गर्ने, तलबी प्रतिवेदन स्वीकृती, आय व्यय विवरण समर्थन, आर्थिक र प्रशासनिक निर्णय अनुमोदन नियमावी कार्याविधि अनुमोदन गर्ने प्रस्ताव गरेकाेमा सभाले पास गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए । सभामा गाउँपालिकाका गाउँपालिकाका ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
गाउँपािलका क्षेत्रिभत्र रहेकाे पर्यटकीय क्षेत्रकाे प्रवर्ध्दन तथा प्रचारप्रसारमा गाउँपालिकाले चासाे राख्नु पर्ने, वडा कार्यालयहरुकाे व्यवस्थापनकाे पाटाेमा पनि पालिकाले ध्यान दिनुपर्नेलगायतका सवाल वडा अध्यक्षहरुले उठाएका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले पेस्ताेलसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका १५ राताेमाटेबाट हिमाली नगरपालिका १ बाजुरा बस्ने ३१ वर्षीय देव बहादुर थापा तथा कावासोती नगरपालिका ५ नवलपरासी बस्ने ५७ वर्षीय विर बहादुर थापा मगरलाई पेस्तोलसहित नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार चितवनबाट काकडभिट्टातर्फ जादै गरेको मे.१ ख.२५३७ नम्बरको बसलाई हेटौडा १५ स्थित पूर्व पश्चिम सडक खण्डमा जाँच गर्ने क्रममा बसमा सवार देव बहादुरले बोकेको झोला भित्र पेस्तोल -१ थान, गोली थान-१, दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो पदार्थ २ किलो ७ सय ग्राम फेलापरेकाे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
विर बहादुर, देवबहादुरसँगै यात्रा गरिरहेकाले पेस्ताेल तथा उक्त सामग्रीसहित दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । शुक्रबार हेटौडा १५ राताेमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।
हेटौडा १५ रातोमाटेस्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिरगंजबाट हेटौडा तर्फ जादै गरेको बा.प्र.०१ -००१ ख ५८६८ नम्बरको ईलोक्ट्रोनिक गाडी जाँच गर्दा व्यास नगरपालिका ६ बस्ने ३२ वर्षीय बम बहादुर विक तथा देवचुली नगरपालिका ७ नवलपरासी बस्ने ३० वर्षीय अर्जुन विकलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
बम बहादुरले दुबै खुट्टाको घुडा मुनि र तिघ्रामा टेपले बेरेर लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध डाईजेपाम -२५ एम्पुल, फेनारगन -२५ एम्पुल, नुफिन-२५ एम्पुल तथा अर्जुनले कम्मरको भागमा लुकाई छुपाई राखेको अवस्थामा डाईजामाप – ६ एम्पुल, फेनारगन-६ एम्पुल, नुफिन-६ एम्पुल फेला पारी लागुऔषधसहित दुबै जनालाई नियन्त्रण लिइएकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी ७ गते हेटौंडा आउने भएका छन् । शाहले हेटौडामा केही महत्वपूर्ण भेटघाट समेत गर्ने बताइएकाे छ ।
मकवानपुरको क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य सिंहले राप्रपा संघीयता खारेजीको अभियानमा रहेको बताए । पुर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले विकास निर्माणका नाममा घुसखोरी बढेकोले यसको खबरदारी राप्रपाले गरिरहेको बताए ।