मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१८ मा रहेको ज्योति माध्यमिक बिद्यालय (प्राबिधिक शिक्षालय) मा १ कराेड रुपैयाँ बजेटकाे ४ कोठे बन्ने भएकाे छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण हुने भवनको बुधवार नगर प्रमुख मीनाकुमारी लामाले शिलान्यास गरेकी हुन् । चालु आर्थिक बर्षको बजेटमा समाबेश रहेको बिद्यालय भवनको निर्माणका लागि करिब १ करोड रुपियाँ लाग्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिए ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख लामाले शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगर लागिरहेको बताइन् । उनले शैक्षिक सुधारका लागि उपमहानगरले नयाँ कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिइन् । आगामी आर्थिक बर्षलाई शैक्षिक बर्षको रुपमा मनाउँने तयारीमा उपमहानगर रहेको भन्दै बिद्यार्थिलाई गुणस्तरीय शिक्षा दिने काममा अभिभाबक र शिक्षकको भूमिका महत्वपुण हुने बताइन् ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिलकुमार बानियाँ, बिद्यालयका प्रधानाध्यापक जयराम थापा सहित स्थानिय संघ सस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
मकवानपुर । बस दुर्घटना हुदा मकवानपुरको हेटौंडामा १० जना घाइते भएका छन् । आज विहान ९ बजे हेटौडा उपमहानगरपालिका ६ पुतलीबजार स्थित धरान चतरा सडक खण्डमा फुर्केचौरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ३ ख ५३०३ नं को बस दुर्घटना भएको हो ।
बसले टेलरलाई साईड दिने क्रममा अचानक सडक साईडमा पल्टदा बसमा सवार १५ जना मध्ये १० जना घाईते भई उपचारको लागी हेटौंडाको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरुमध्ये हेटौडा अस्पतालमा ७ जना र सञ्चो अस्पतालमा ३ जनाको उपचार हुर्दै गरेको छ ।
हेटौंडा अस्पतालमा रहेका घाइतेहरुको विवरण यसप्रकार छः
१, मकवानपुर हेटौडा १७ हटिया बस्ने २५ वर्षीया पुष्पा डंगोल (ओठ र बाँया पातामा भित्री चोट, अबस्था सामान्य)
२,मकवानपुर हेटौडा १७ हटिया बस्ने २१ वर्षीया रुपा डंगोल ( सामान्य)
३ मकवानपुर हेटौडा १८ बस्ने ४५ वर्षीया महिला (नाम स्पष्ट बताउन नसक्ने,अवस्था सामान्य)
४ मकवानपुर हेटौडा १७ हटिया बस्ने ७० वर्षीय पुरुष (नाम स्पष्ट बताउन नसक्ने, अवस्था सामान्य)
५ हेटौंडा १७ बस्ने ५१ वर्षीय शंकर राई ( अवस्था सामान्य )
६ हेटौंडा १७ ५५ कर्षीया आशा राई (अवस्था सामान्य)
७ पर्सा बिरगंज घर भई हेटौंडा १६ बस्ने २२ वर्षीया सिमा साह (निधारमा बाहिरी चोट सामान्य)
रहेका छन् ।
यसैगरी सन्चो हस्पिटलमा उपचार भई रहेका घाइतेहरुको विवरण
१ मकवानपुरगढी गाउँपालिका ७ बस्ने ५६ वर्षीया माहिली माया थीङ (खुट्टामा चोट, सामान्य )
२ मकवानपुरगढी गाउँपालिका १ धाप बस्ने ४६ वर्षीय कुमार सिं गोले (टाउकोमा चोट, सामान्य)
३ हेटौंडा १८ हर्नामाडी बस्ने ३६ वर्षीय सोम लाल थिङ (टाउकोमा चोट, सामान्य)
बस घटनास्थलमा रहेको, बस चालक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
विद्यालय स्तरीय टि– २० क्रिकेट प्रतियोगिता हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा विद्यालयस्तरीय टि २० क्रिकेट प्रतियाेगिता हुने भएकाे छ । आगामी माघ २० गतेबाट दोस्रो निरज श्रेष्ठ स्मृति विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगिता २०८० आयोजना हुने भएको हाे ।
मकवानपुर क्रिकेट संघकाे आयाेजनामा हुने प्रतियाेगितामा जिल्लाका निजी तथा सामूदायिक गरी १६ विद्यालयकाे सहभागी गराइने साेमबार हेटौडा पत्रकार भेटघाट गरी जानकारी गराइएकाे छ । ११ दिनसम्म चल्ने प्रतियोगितामा २७ वटा खेलहरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियाेगितामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयाेजक संजाेक पाेख्रेलले बताए । उनका अनुसार प्रतियाेगिताकाे उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द सिरिज लाई नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि ट्रफि र प्रमाण पत्र प्रदान गरिने ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई छनौट गरी अण्डर १६ जिल्ला टिम निर्माण गरी प्रशिक्षण गराउने संघ अध्यक्ष करण महत्राले जानकारी दिए । लिग कम नकआउटको आधारमा संचालन हुने प्रतियोगिताकाे अनुमानित लागत ५ लाख ५० हजार रहेकाे उनले बताए । प्रतियोगिताकाे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय अम्पायर सुनिल बर्तौला, संघ अध्यक्ष महत्रा, सचिव बिनोद बानिंया, कोषाध्यक्ष धिरज श्रेष्ठ, कार्यक्रम संयोजक पोखरेललगायतको उपस्थिति रहेको थियो ।
यसअघि भएको प्रथम संस्करणको खेलमा विजेता हेटौडाकाे भुटनदेवी मावि र उप विजेता सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी भएको थियो ।
कर छली गर्ने ८ वटा ट्रक नियन्त्रणमा
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले हेटौडाबाट ढुवानी कर छली गर्ने ८ वटा ट्रकलाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट माघ ५ गते राती ७ वटा र माघ ६ गते बिहान १ वटा ढुवानी कर छली गरी मल बाेकेकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हटौडा १५ स्थित पूर्वपश्चिम सडक खण्डमा बिरगंज तर्फबाट भैरहवा तर्फ जादै गरेका ना.६ ख.५२०४, बा.प्र.०३-००१ख.०९५२, ना.६ ख.३७३०, प्र.२-०३-००१ ख.६९७७, लु.१ख.९५६९, ना.६ ख.३७२५, बा.प्र.०३-००१ ख.०९५४ नम्बरकाे ट्रकलाई माघ ५ गते नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । यस्तै प्रहरीका अनुसार ना.६ ख ९७८६ नम्बरको ट्रकलाई माघ ६ गते बिहान हेटौडा १५ राताेमाटेबाटै नियन्त्रणमा लिइएकाे हाे ।
ट्रकहरुमा ढुवानी कर छली मल ल्याउदै छ भन्ने सूचनाका आधारमा प्रहरी चौकी राेतोमाटेबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकहरुलाई ३ हजार ६८० बोरा मलसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । नियन्त्रणमा लिइएकाे ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएकाे मकवानपुर प्रहरीले जानाकारी दिएकाे छ ।
मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार हेटौँडा आउँने भएपछी यसकाे सबै तयारी पुरा भएकाे राप्रपा मकवानपुरले जनाएकाे छ।
मकवानपुरमा रहेकाे विभिन्न शक्तिपिठहरुकाे दर्शनकाे क्रममा उनी हेटाैंडा आउन लागेकाे राप्रपाले जनाएकाे छ । धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधाना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि पूर्वराजा ज्ञानेन्द्र हेटौँडा आउन लागेका हुन्।
उनको भ्रमण सफल पार्न मकवानपुर क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजनमा १ हजार १ सय ११ सदस्यीय मूल समारोह समिति बनाइएको छ। साथै १० वटा उपसमिति गठन गरिएको सांसद सिंहले जानकारी दिए।
यता, कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि छुट्टै तयारी गरिएको बताएको छ। हेटौँडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजाआराधना र शुभेच्छुकसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका पूर्वराजा शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।
पार्टी जिल्ला समितिको शनिबार बसेको बैठकले तयारीका लागि जिम्मेवारी बाँडफाँड गरेको उनले बताए। ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ,हामी तयारीमा जुटिसकेका छौँ’, जिल्ला अध्यक्ष सापकोटाले भने।
पूर्वराजा शाहलाई दिउँसो १२ बजे हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, दिउँसो १२:३० मा हेटौँडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआरधाना, २ः३० मा हेटौँडा–१० स्थित भुटनदेवी मन्दिरमा पूजाआरधानासहित शुभेच्छुकसँग भेटघाट हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलका अनुसार ४ः३० मा हेटौँडा रिसोर्टमा खेलप्रेमी, बुद्धिजीवी, व्यवसायीलगायतसँग भेटघाट गरी आजै हेटौँडाबाट फर्कने कार्यतालिका रहेको छ ।