मकवानपुर । आज सोमबार मनाइदै गरिएको २५६६ औं बुद्द जयन्तीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् । ‘सम्पूर्ण बौद्दमार्गी नेपालीहरु तथा बुद्दको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख शर्माले बुद्घ जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छन् ।
प्रमुख शर्माले सन्देशमा वैशाख शुक्लपक्षको पूर्णिमा तिथि आजको दिनमा गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले विश्वभरका बौद्द धर्मावलम्बीहरूद्वारा उहाँप्रति श्रद्दा भाव व्यक्त गर्ने महत्वपूर्ण दिनका रुपमा हामीले बुद्घ जयन्ती मनाउने गरेको बताएका छन् ।
नेपालको कपिलबस्तुमा जन्मिनुभई विश्वर शान्तिका अग्रदूतका रुपमा प्रख्यात गौतमबुद्दप्रति सदैव गौरवबोध रहेको उल्लेख गर्नुहुँदै प्रमुख शर्माले उनको मार्गदर्शन अनुशरण गरेमा राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्ने आफ्नो विश्वास रहेको जनाए । ‘उनका प्रेरणादायी उपदेश तथा जीवनोपयोगी मार्गदर्शनलाई अनुशरण गर्न सकेमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व अभिवृद्दि भई राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्दछ भन्ने मलाई विश्वास छ ’ प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा मेयरको ३ उम्मेदवार बिच कडा प्रतिस्पर्धा देखिएको छ । अनन्त पौडेल र मिना लामा आलोपालो अघिपछि रहेकामा अहिले पौडेल तेस्रोमा देखिएका छन् ।
यस अघि पहिलो भएका राप्रपाका दिपकबहादुर सिंह दोस्रोमा झरेका छन् भने लामा पहिलोमा उक्लिएकि छिन् । पौडेल अहिले ४०२ मत अन्तरले तेस्रोमा झरेका छन् ।
गठबन्धनको तर्फबट मेयरको उम्मेदवार बनेकी हेटौंडामहानगरपालिकाकी मीनाकुमारी लामाले पछिल्लो पटक अगाडि बढेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई एक मतले उछिन्दै अग्रता लिएकी हुन् ।
हेटौंडा ११ हजार ६७३ मतगणनाको मतपरिणाममा लामाले ३ हजार ४५६ मत पाएकी छन् । सिंहले ३ हजार ४५५ र पौडेलले ३ हजार ५५ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत पाएका छन् भने एमालेको उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत पाएकि छिन् ।
मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ ।
इन्द्रसरोवर गाउँपालिकामा एमालेका देबकृष्ण पुडासैनी बिजयी भएका हुन् । इन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारे । कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याए ।
उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरिन् । उनले ३ हजार ७२५ मत पाइन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याएर हार ब्यहोरिन् ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतगणना कार्य भइरहेकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म मकवानपुरको ३६ वडाको मतगणना पूर्ण रुपमा सम्पन्न भइसकेको छ ।
हालसम्म मतगणना सम्पन्न भएको ३६ वटा वडामध्ये नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । मकवानपुरमा माओवादीले १० वटा र एमालेले ७ वटा वडामा विजयी भएको छ । कांग्रेसले भीमफेदी, मनहरी, कैलाश राक्सिराङमा ३/३ वटा वडा, इन्द्रसरोबर, गढी, वकैया गाउँपालिकामा २/२ वटा र हेटौंडाको एउटा वडामा जितेको छ ।
माओवादीले थाहा नगरपालिकामा चारवटा, वकैयामा २ र भीमफेदी, कैलाश, राक्सिराङ र वागमतीमा एउटा/एउटा वडामा विजयी भएको छ । एमालेले भीमफेदीमा ३, इन्द्रसरोबरमा २, कैलाश र राक्सिराङमा १ वडामा जित हात पारेको छ । जिल्लाको दशवटा स्थानीय तहमध्ये नौवटामा सत्तारुढ गठबन्धन र इन्द्रसरोबरमा एमालेले प्रमुखमा अग्रता कायम गरेको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राप्रपाले पहिलो स्थान टेकेको छ ।
मतपरिणामता लगातार तेस्रो स्थानमा रहेको राप्रपा हेटौंडा उपमहानगरपालिका वडा २ को मत गणना जारी रहदा पहिलो स्थानमा आएको हो ।
हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ ।
९०२९ मतगणनाको मतपरिणाममा राप्रपाबाट मेयरका उम्मेदवार दीपकबहादुर सिंह पहिलो स्थानमा आएका हुन् । उनले २७१० मत ल्याएका छन् । उनलाई पछ्याउँदै गठबन्धनको उम्मेदवार मिना कुमारी लामा दोस्रो स्थानमा छिन् भने यस अघि पहिलो र दोस्रोमा लगातार प्रतिस्पर्धी रहेका एमालेका अनन्त पौडेल तेस्रोमा पुगेका छन् । लामाको २६६९ मत पुगेको छ भने पौडेलको २४३४ मत छ । उपमेयरमा एमाले ३०१६ गठबन्धन ३९८२ र राप्रपा ८०३ मत रहेको छ ।