मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा मेयरको ३ उम्मेदवार बिच कडा प्रतिस्पर्धा देखिएको छ । अनन्त पौडेल र मिना लामा आलोपालो अघिपछि रहेकामा अहिले पौडेल तेस्रोमा देखिएका छन् ।
यस अघि पहिलो भएका राप्रपाका दिपकबहादुर सिंह दोस्रोमा झरेका छन् भने लामा पहिलोमा उक्लिएकि छिन् । पौडेल अहिले ४०२ मत अन्तरले तेस्रोमा झरेका छन् ।
गठबन्धनको तर्फबट मेयरको उम्मेदवार बनेकी हेटौंडामहानगरपालिकाकी मीनाकुमारी लामाले पछिल्लो पटक अगाडि बढेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई एक मतले उछिन्दै अग्रता लिएकी हुन् ।
हेटौंडा ११ हजार ६७३ मतगणनाको मतपरिणाममा लामाले ३ हजार ४५६ मत पाएकी छन् । सिंहले ३ हजार ४५५ र पौडेलले ३ हजार ५५ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत पाएका छन् भने एमालेको उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत पाएकि छिन् ।

