मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राप्रपाले पहिलो स्थान टेकेको छ ।
मतपरिणामता लगातार तेस्रो स्थानमा रहेको राप्रपा हेटौंडा उपमहानगरपालिका वडा २ को मत गणना जारी रहदा पहिलो स्थानमा आएको हो ।
हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ ।
९०२९ मतगणनाको मतपरिणाममा राप्रपाबाट मेयरका उम्मेदवार दीपकबहादुर सिंह पहिलो स्थानमा आएका हुन् । उनले २७१० मत ल्याएका छन् । उनलाई पछ्याउँदै गठबन्धनको उम्मेदवार मिना कुमारी लामा दोस्रो स्थानमा छिन् भने यस अघि पहिलो र दोस्रोमा लगातार प्रतिस्पर्धी रहेका एमालेका अनन्त पौडेल तेस्रोमा पुगेका छन् । लामाको २६६९ मत पुगेको छ भने पौडेलको २४३४ मत छ । उपमेयरमा एमाले ३०१६ गठबन्धन ३९८२ र राप्रपा ८०३ मत रहेको छ ।

