मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपालीका कांग्रेसका सविन न्याैपाने अध्यक्षमा विजयी भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत शनिबार विहानबाट सुरु भएकाे हेटाैडाकाे मतगणनाकाे आइतबार वेलुका प्राप्त मतपरिणाम अनुसार न्यौपानेले १ हजार ४ सय ४२ मत ल्याइ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उत्तमप्रसाद पौडेलले १ हजार ३ सय ११ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुजन शाहीले २ सय ७ मत ल्याएका छन् । हेटौंडा-१ मा ३ हजार २ सय ९३ मत खसेको थियो।
न्याैपाने २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा पनि साेही वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

