मकवानपुर । सप्ताहव्यापी रूपमा विश्व वातावरण दिवसका मनाउने सन्दर्भमा आज हेटौंडामा वातावरणीय सचेतना मूलक सन्देश सहितको साइकल र्याली गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । टोल विकास संस्था नगर समन्वय समितिको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।
उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्याली चौघडा, हटिया, रातोमाटे, बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो । उपमहानगरपालिका प्रमुख मेयर मिना कुमारी लामाले साइकल र्यालीको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको आतिथ्यता रहेको थियो । टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडाका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताए । भोलि बृहत र्याली तथा झाँकी सहित वातावरण संरक्षण बारे जनचेतना र्याली गर्ने तयारी भएको अध्यक्ष अधिकारीले बताए ।
हेटौंडा उपमहानगरपालिका भित्रका ४ सयबढि टोल विकास संस्था, सामाजिक संघसंस्था तथा वन समितिहरूले र्यालीमा सहभागिता जनाउने छ । र्यालीमा सर्वोत्कृष्ट हुनेलाई प्रोत्साहन स्वरुप १५ हजार प्रदान गरिने सचिब ज्ञानबहादुर थापाले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- ३ तिनताप्केमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा हेटौंडा ६ चौघडाका गोपाल दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज हेटौंडा ३ तिनताप्केबाट हेटौंडाबजार तर्फ आउदै गरेको ना ५ च ३६२७ नम्बरको गाडी तिनताप्के नजिक अनियन्त्रित भई आफै दुर्घटना भएको थियो । दुर्घटनामा परेर उक्त गाडीमा सवार ३३ बर्षिय दाहालको मृत्यु भएको हो। बोलेरोका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा राप्तीरोडबाट प्रहरीले ५० किलो ४ सय ग्राम लागूऔषध गाँजा र अटो सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्तीरोड बाट गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । हेटौंडा ३ नेवारपानीबाट हेटौडा तर्फ आउंदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई जांच गर्दा उक्त अटोमा लुकाई ल्याएको लागु औषध गांजा ५० किलो ४ सय ग्राम फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए।
गाँजा संगै अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्बर–१० थाना बेला घर भई हाल महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर– ७ सोनामाई बस्ने ३७ वर्षिय राजेश चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आज बिएफसी क्लब चितवन र चर्च ब्वाइज क्लब काठमाडौ मैदानमा भिड्दै छन् ।
मकवानपुरको हेटौंडा ५ को पिप्ले–क्याम्पा रंगशालामा हुने खेल दिउँसो ३:०० बजे सुरू हुनेछ। यस खेलको विजेताले क्वाटरफाइनलमा बिदेश टिमको एभिनियर एफसी सामना गर्नेछ। हिजोको खेलमा बिजयी हुंदै बारा जिल्ला सिमराको नव जनजागृति क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् । प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा बारा जिल्ला सिमराको नव जनजागृति क्लब विजयी भएको छ ।
हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सिमराले विजयी सुरुवात गरेको हो । नव जनजागृतीका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका क्रिपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो ।
प्रतियोगितामा सिमराका विवेक चौधरी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार प्राप्त गरे । यो संगै सिमरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
भोलि शुक्रबार चितवनको विएफसि क्लब र काठमाण्डौको चर्चव्वाईज क्लबबीच खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।