मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्व ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले शनिबार १३ औ नगर सभामा
आगामी आर्थिक वर्षका बजेट सार्वजनिक गरेको हो ।
नगर विकासको लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रूपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार ७३० बेहोर्ने छ ।
यसैगरी प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट १ अर्व १४ करोड ५० लाख बाट व्यहोरिने छ ।
यस उपमहानगरपालिकालाई नगरसभा पश्चात सङ्घीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणाली मार्फत भुक्तानी हुने भएकाले प्रस्तुत बजेटमा उक्त कार्यक्रमहरुको स्रोत समावेश नगरिएको उपमेयर राजेश बानियाँले बताए ।
तस्बिर सहयोग पत्रकार प्रतीक्षा न्यौपाने
मकवानपुर । बजेटका सन्दर्भमा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता जगन्नाथ थपलियाले बजेट ढुलमुले भएको प्रतिक्रिया दिएका छन् ।
दिगो विकासका आधारमा १७ वटालाई यो बजेटले दरो रुपमा समात्न नसकेको उनले बताए । खाद्य सुरक्षा, सरसफाइ , रोजगारीलाई मर्यादा दिने, असमानता हटाउने कुनै ठोस योजना नभएको पुर्वाधार आवास ब्यबस्थापनमा कुनै योजना नभएको उनले बताए । ।
“बजेटमा व्यबस्थित योजना बन्न सकेन,जलबायु सन्तुलन ल्याउने बिषयमा प्रदेश सरकार मौन छ,प्रदेशका शिक्षामा रणनीति तय गर्ने एक शब्द राखेर कुनै गुणस्तरीय दिने कार्यक्रम छैन” उनले भने “परिक्षामा कमजोर विद्यार्थीले नोट र किताब सार्न चाहिँ सिपालु विद्यार्थी जस्तै बिगतमा बजेट र अन्य प्रदेशको टुक्रा टुक्रा जोडेर पेश गरिएको छ ।”
बजेट कार्यक्रमपछि पत्रकारहरुसँग प्रतिक्रिया दिंदै थपलियाले भने “बजेट प्रदेश अनुसार कुनै शिर्जनात्मकता केही छैन,युवा रोजगारी कुनै ठोस कार्यक्रम छैन, बिदेश पलायन हुने युवाका लागि कुनै कार्यक्रम छैन,राजस्व वृद्धिका कुनै तथ्यांकीय योजना छैन ।”
पूर्व सरकारले ल्याएका गौरवका योजनालाई जस्तै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दुग्ध र सहकारी बोर्ड आदिलाई पुर्नसंरचना गर्ने नाममा विघटन गर्ने दाउमा गरेको उनले बताए ।
“बिचौलियाहरुको सेटिङका आधारमा मेशिन औजार खरिद गर्ने कुरालाई यो बजेटले प्रोत्साहित गरेको देखिन्छ” उनले भने “प्रादेशिक संसदीय स्वरुपलाई जुन ढङ्गले आक्रमण भएको छ त्यसलाई उचित जवाफ यो बजेटले दिन सकेको छैन।”
मकवानपुर । जलबायु परिवर्तनबारे किशोर किशोरीहरूले चित्र मार्फत सन्देश दिने प्रयास गरेका छन् ।
मानवीय कारण कसरी जलबायु प्रदुषण हुन सक्छ र यसबाट मानवीय जीवनमा पर्ने असर बारे किशोरकिशोरीले बनाएका जलवायु परिवर्तनसम्बन्धी चित्र हेटौंडामा प्रदर्शन गरिएको थियो । जसमा सरिस्मा राई प्रथम भएकी छिन । यसैगरी मेलिना राई द्धितिय, साया राई तृतीय र सुस्मा राई सान्वना भइन । उनीहरू सबै मकवानपुर मनहरी गाउँपालिकाका थिए ।
उक्त कार्यक्रम गरेको थियो मकवानपुर महिला समूहले । हेटौडामा विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तनले समाजमा पारेका असर तथा चुनौतीको सवालमा प्रतियोगितासंगै छलफल कार्यक्रम गरिएको हो ।
जलवायुमा अनेपेक्षीत रुपमा परिवर्तन आइरहनुको मुख्य कारण पृथ्वीको तापमान वृद्धि र जलवायु परिवर्तन रहेको जिसस सभापति घलानले बताए । जलवायु परिवर्तनको प्रभाव दैनिक जीवनमा भोगीरहेको उनले बताए ।
विश्वमा जलवायु परिवर्तनको कारणले समाजमा विभिन्न रोगहरु देखा पर्ने, विशेष गरी महिला तथा बालबालिकाहरुमा बढी मात्रामा असर पर्ने हुँदा चुनौती पनि निकै बढिरहेको बताएका थिए ।
मकवानपुर महिला समूहकी उपाध्यक्ष सोममाया घलानको सभाध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
यसैगरी हेटौंडा उपमहानगरकाकी प्रमुख मीना कुमारी लामा, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती समेतको उपस्थिती थियो ।
कार्यक्रममा मनहरी–३ का अध्यक्ष अनन्त प्रसाद अर्याल, मनहरी–४ का अध्यक्ष प्रकाश थापा, सामूदायिक वन उपभोक्ता महासंघ केन्द्रका प्रतिनिधि सुजन खनाल, जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखा प्रमुख हेमा थोकर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । संघीय सरकारको सिको गर्दै बागमती प्रदेश सरकारले पनि आगामी आर्थिक बर्षको बजेटमा सांसदलाई बजेट दिने तयारी गरेको ।
सुरूसुरूमा “सांसद बिकास कोष” नामबाट बजेट दिदै आएको थियो । त्यसको आलोचना बढेपछी गत आवबाट यो बजेट काटिएको थियो । त्यसभन्दा एक बर्ष अघि “निर्वाचन क्षेत्र पुर्वाधार विकास” भनेर बजेट दिइएको थियो ।
फरक नामबाट उहीँ काममा बजेट दिएको भन्ने आरोप खेप्न नसकेपछि गत चालू आवमा सांसदहरूले यी बजेट पाएनन्, अब फेरि पाउने भएका हुन् । सांसदहरूलाई बजेट दिने सवालमा बागमती प्रदेश सरकार र प्रतिपक्षीमा समेत सहमति भएको बुझिएको छ ।
जसकालागी प्रत्यक्ष सांसदले ३ र समानुपातिक सांसदले १ करोड पाउने पक्का भएको छ । यहि बजेटको कारण सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाउन भन्ने लक्ष्य सरकारले राखेको बुझिएको छ । तर राज्यकोषबाट यस्तो दुरुपयोग हुनु भ्रष्टाचारलाई बढवा दिइनु बिष्लेसकहरूको दाबी छ ।
नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएको प्रमुख प्रतिपक्षी एमालेले सांसदहरूलाई बजेट दिने सर्तमा भने सहमति जनाएको छ ।
आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीहरुलाई अहिले बजेटको चटारो छ ।
बजेटको अन्तिम रुप दिएर किताब छाप्ने तयारी भैरहदासम्म बजेट माग गर्नेहरूको लस्कर भने टुटेको छैन ।
सबै प्रदेशहरूले झै बागमती प्रदेशले पनि पर्सि असार १ गते प्रदेशसभामा प्रस्तुत हुने बजेटको अन्तिम तयारी भइरहेको छ । प्रदेशका धेरैजसो मन्त्रालयहरुले आफूले पाएको बजेटको सिलिङ अनुसार योजनाको छनोट गरेर पठाइ सकेका छन् ।
बागमती प्रदेशका सांसदहरुलाई पनि कुनैपनि नाम दिएर बजेट छुट्याउने तयारी गरिएको प्रतक्ष तर्फका सांसदहरुलाई निर्बाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा कुनै नाम दिने र समानुपातिक सांसदहरुलाई पनि कुनै नाम दिएर बजेट छुट्याउने तयारी भएको प्रदेश सरकारका उच्चस्तरका कर्मचारीले बताए ।
संघीय सरकारले सांसदलाई बजेट छुट्याएपछी प्रदेशमा पनि सहज भएको र त्यही अनुसार प्रतक्ष निर्वाचित सांसदलाई ३ करोड रुपैयाँ र समानुपातिक सांसदलाई १ करोड रुपैयाँका दरले बजेट छुट्याउने तयारी रहेको कर्मचारीहरु बताउँछन् ।
बिशेषगरी सांसदहरुले ठुला योजनाहरुको छनोट गर्ने र त्यस अनुसार कार्यान्वयन गर्नका लागि बजेट छुट्याइएको हो । प्रतक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुले योजना छनोट गर्ने र स्थानीय तह मार्फत कार्यान्वयन हुने गरी संघीय सरकारले जसरी नै बागमती प्रदेशमा पनि बजेट छुट्याउन लागिएको हो ।
प्रतक्ष र समानुपातिक प्रदेशसभा सदस्यहरुले कुनैपनि नाम दिएर प्रदेश सरकारले छुट्याएको बजेट सम्वन्धीत क्षेत्रका जिल्ला समन्वय समिति र स्थानीय तहबाट खर्च हुनेगरी गर्न लागिएको छ ।
सांसदहरुले योजना छनोट गरेर काम गर्ने छन् । संघीय सरकारले सांसदहरुलाई छुट्याएको बजेट जसरी खर्च हुन्छ त्यसरीनै खर्चगर्नेगरी तयारी गरिएको छ ।
बागमती प्रदेशमा ११ वटा मन्त्रालय मध्य सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट प्राप्त गरेको छ । अरु मन्त्रालयहरुले भने अर्थ मन्त्रालयबाट प्राप्त गरेको बजेट शिलिङ भित्र आफ्ना योजनाहरु पठाए पनि भौतिकमा भने पूर्वाधार निर्माणका धेरै काम हुने पनि भएकाले धेरै बजेट छुट्याइएको हो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कन्ट्रोल रुमबाट छिटो रेस्पोन्स गर्नको लागि स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ ।
मकवानपुर प्रहरीले सुरु गरेको यो स्मार्ट कन्ट्रोल रुम उपत्यकापछिको पहिलो हो । कुनै घटनापछि कन्ट्रोल रुमको १०० मा फोन गरेर मागिएको सहायतामा प्रहरी ढीलो पुग्ने गरेको कारण घटना बढी र गम्भिर हुने गरेको गुनासोलाई मध्ये नजर गर्दै यस्तो काम थलिएको जिल्ला प्रहरी प्रमुख बामदेश गौतमले बताए ।
कन्ट्रको १०० नम्बर व्यस्त हुने गरेको कारण हुने ढीलाइलाई समेत अब सम्बोधन हुुने छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट कन्ट्रोल रुमका्े उदघाटन गरेका हुन् । स्मार्ट कन्ट्रोल रुम उदघाटन गर्दै उपरीक्षक गौतमले स्मार्ट कन्ट्रोल रुमको सुरुवात भएपछि प्रहरी कन्ट्रोलमा फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोको अन्त्य हुने बताए ।
सुचना प्रविधिको पहुचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना,दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती हुन सहयोग पुगोस भनेर मकवनापुर प्रहरीको नयाँ प्रविधि सहित स्मार्ट कन्ट्रोल रुमको थालनी गरेको गौतमले बताए ।
जिप्रका मकवानपुरमा यस अघि कन्ट्रोलको लागि एउटा मात्रै फोन थियो अब ३ वटा राखिएको छ । प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धीत एपबाट थप सेवा सुरु गरिने बताएका छन् ।
प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमको सहायताले प्रहरी सेवा चुस्त दुरुस्त र अभिलेखमा समेत प्रभावकारी हुने बताए ।
प्रहरी निरीक्षक केसी काठमाडौं प्रहरी परिसरमा रहेर कन्ट्रोल रुममा काम गरेका अनुभवि व्यक्त हुन् ।
जिप्रकाको स्मार्ट कन्ट्रोल रुममै हेटौंडा बजारको सिसि टिभी क्यामराको कन्ट्रोल समेत राखिएको छ । हेटौंडा बजारमा २९ वटा सिसि टीभि क्यामराहरु राखिएका छन् । बजारको अवस्था अनुसार यो समेत अपुग रहेको गौतमले बताए ।