मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कन्ट्रोल रुमबाट छिटो रेस्पोन्स गर्नको लागि स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ ।
मकवानपुर प्रहरीले सुरु गरेको यो स्मार्ट कन्ट्रोल रुम उपत्यकापछिको पहिलो हो । कुनै घटनापछि कन्ट्रोल रुमको १०० मा फोन गरेर मागिएको सहायतामा प्रहरी ढीलो पुग्ने गरेको कारण घटना बढी र गम्भिर हुने गरेको गुनासोलाई मध्ये नजर गर्दै यस्तो काम थलिएको जिल्ला प्रहरी प्रमुख बामदेश गौतमले बताए ।
कन्ट्रको १०० नम्बर व्यस्त हुने गरेको कारण हुने ढीलाइलाई समेत अब सम्बोधन हुुने छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट कन्ट्रोल रुमका्े उदघाटन गरेका हुन् । स्मार्ट कन्ट्रोल रुम उदघाटन गर्दै उपरीक्षक गौतमले स्मार्ट कन्ट्रोल रुमको सुरुवात भएपछि प्रहरी कन्ट्रोलमा फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोको अन्त्य हुने बताए ।
सुचना प्रविधिको पहुचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना,दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती हुन सहयोग पुगोस भनेर मकवनापुर प्रहरीको नयाँ प्रविधि सहित स्मार्ट कन्ट्रोल रुमको थालनी गरेको गौतमले बताए ।
जिप्रका मकवानपुरमा यस अघि कन्ट्रोलको लागि एउटा मात्रै फोन थियो अब ३ वटा राखिएको छ । प्रहरी उपरीक्षक गौतमले हाललाई ३ वटा फोन र कम्प्युटरसहित रुमको सुरुवात गरिएको र केही दिनमा यससँग सम्बन्धीत एपबाट थप सेवा सुरु गरिने बताएका छन् ।
प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमको सहायताले प्रहरी सेवा चुस्त दुरुस्त र अभिलेखमा समेत प्रभावकारी हुने बताए ।
प्रहरी निरीक्षक केसी काठमाडौं प्रहरी परिसरमा रहेर कन्ट्रोल रुममा काम गरेका अनुभवि व्यक्त हुन् ।
जिप्रकाको स्मार्ट कन्ट्रोल रुममै हेटौंडा बजारको सिसि टिभी क्यामराको कन्ट्रोल समेत राखिएको छ । हेटौंडा बजारमा २९ वटा सिसि टीभि क्यामराहरु राखिएका छन् । बजारको अवस्था अनुसार यो समेत अपुग रहेको गौतमले बताए ।

