मकवानपुर । जलबायु परिवर्तनबारे किशोर किशोरीहरूले चित्र मार्फत सन्देश दिने प्रयास गरेका छन् ।
मानवीय कारण कसरी जलबायु प्रदुषण हुन सक्छ र यसबाट मानवीय जीवनमा पर्ने असर बारे किशोरकिशोरीले बनाएका जलवायु परिवर्तनसम्बन्धी चित्र हेटौंडामा प्रदर्शन गरिएको थियो । जसमा सरिस्मा राई प्रथम भएकी छिन । यसैगरी मेलिना राई द्धितिय, साया राई तृतीय र सुस्मा राई सान्वना भइन । उनीहरू सबै मकवानपुर मनहरी गाउँपालिकाका थिए ।
उक्त कार्यक्रम गरेको थियो मकवानपुर महिला समूहले । हेटौडामा विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तनले समाजमा पारेका असर तथा चुनौतीको सवालमा प्रतियोगितासंगै छलफल कार्यक्रम गरिएको हो ।
जलवायुमा अनेपेक्षीत रुपमा परिवर्तन आइरहनुको मुख्य कारण पृथ्वीको तापमान वृद्धि र जलवायु परिवर्तन रहेको जिसस सभापति घलानले बताए । जलवायु परिवर्तनको प्रभाव दैनिक जीवनमा भोगीरहेको उनले बताए ।
विश्वमा जलवायु परिवर्तनको कारणले समाजमा विभिन्न रोगहरु देखा पर्ने, विशेष गरी महिला तथा बालबालिकाहरुमा बढी मात्रामा असर पर्ने हुँदा चुनौती पनि निकै बढिरहेको बताएका थिए ।
मकवानपुर महिला समूहकी उपाध्यक्ष सोममाया घलानको सभाध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
यसैगरी हेटौंडा उपमहानगरकाकी प्रमुख मीना कुमारी लामा, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती समेतको उपस्थिती थियो ।
कार्यक्रममा मनहरी–३ का अध्यक्ष अनन्त प्रसाद अर्याल, मनहरी–४ का अध्यक्ष प्रकाश थापा, सामूदायिक वन उपभोक्ता महासंघ केन्द्रका प्रतिनिधि सुजन खनाल, जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखा प्रमुख हेमा थोकर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

