मकवानपुर । नवसर्जक साहित्य चौतरीले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा ३ जना उत्कृष्ट कवि घोषित भएका छन् । गत वर्ष जेठ १ गतेदेखि सुरु भएकाे नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षणकाे प्रथम वार्षिकाेत्सवकाे अवसरमा आयाेजित प्रतियोगितामा सहभागी देशभरका ३० कविमध्येबाट छानिएका १० उत्कृष्ट कविहरूकाे कविता वाचन भएकाे हाे ।
राष्ट्रव्यापी माध्यमिक तह (कक्षा ६–१२) स्तरीय कविता प्रतियोगितामा मकवानपुरका रोश्नी चौलागाई (म फर्कनेछु), कपिलवस्तुकी जोशिका कँडेल (नेपाल मेरो घर) र कपिलवस्तुका शिरीष बन्जाडे (हो मेरो देश पनि) हुन् उत्कृष्ट भएका हुन्। प्र
भर्चुअल माध्यमबाट गरिएकाे कविता प्रतियाेगितामा ३० जना सहभागीहरु भएका थिए । सहभागी मध्य सफल भएका उत्कृष्ट १० जनालाइ कविता वाचनकाे अवसर दिएको थियो । त्यस मध्य तीन उत्कृष्ट कविहरुलाई नगद ३/३ हजार रुपियाँसहित सम्मान गरिएको छ । कविहरू प्राेल्लास सिन्धुलीय, टीका आत्रेय र सुदेश सत्यालकाे ३ सदस्यीय निर्णायक समितिले उत्कृष्ट १० कविबाट ३ जनालाई उत्कृष्ट घोषित गरिएको हो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल, प्रतियोगिताकी पुरस्कार व्यवस्थापक बिन्दा पराजुली बराल, रेडियाेकर्मी राम अविकास, चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, सल्लाहकारहरू रमेशमाेहन अधिकारी, डिबी बर्ताैला, ओमकुमारी बन्जारा रानाभाट, अर्चना दाहाल, जयन्ती आचार्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीलगायत प्रतियाेगी १० कविहरूकाे उपस्थिति रहेकाे थियाे ।
डा. नेत्र एटमको प्रमूख अतिथ्यतामा र नवसर्जक साहित्य चौतरी नेपालका अध्यक्ष प्रशन्ना चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । स्थापनाको छोटो समयमै नवसर्जक साहित्य चौतारी नेपालले राष्ट्रव्यापी माध्यमिक तह (कक्षा ६–१२) स्तरीय कविता प्रतियोगिता आयोजना गरेकाे हाे ।
