मकवानपुर । मकवानपुरमा थप १ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लाे समय काेराेना पुष्टि हुनेको संख्या थपिदै गएकाे भए पनि कोेरोना संक्रमणमुक्त हुनेकाे संख्यामा पनि उल्लेख बृद्धी भएकाे छ ।
गत २४ घण्टामा होम आइसोलेसनबाट १ सय ६ जना र संस्थागत आइसोलेसनबाट ६ जना काेराेना संक्रमणमुक्त भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कोरोना संक्रमणमुक्त हुनेमा सबैभन्दा बढी १ सय १ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । मकवानपुरगढीका ९ जना, मनहरी,भीमफेदी र कैलाशका २/२ जना तथा बागमती र राक्सिराङका !१/१ जना काेराेना मुक्त भएकाे कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ८ सय पुगेको छ ।
यस्तै मकवानपुरमा थप १ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २८ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
काेराेना संक्रमण पुष्टि हुनेमा १ सय १८ जना हेटौंडा उपमहानगरपालिकाका, १८ जना थाहा नगरपालिकाका, ११ जना मकवानपुसरगढीका, ९ जना राक्सिराङका, ८ जना भीमफेदीका ६ जना मनहरीका, ३ जना ईन्द्रसरोबरका र १ जना कैलाशका रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ७ हजार २ सय ३१ पुगेको छ ।
यसैगरी मकवानपुरमा हाल २ हजार ३ सय ६९ जना सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जसमा २ हजार २ सय ४६ जना घरमा र १ सय २३ जना संस्थागत आइसोलेसनमा उपचारत रहेको कार्यलयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर हेटौंडा उपचारत ३ जनाको मृत्यु भएको छ ।
हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
मृत्यु हुनेहरुमा हेटौंडा उपमहानरपालिका वडा नंबर ६ का ७४ वर्षीय पुरुष, हेटौंडा–११ का ६० वर्षीय पुरुष र रौतहट चन्द्रपुर–१ का ४६ वर्षीय रहेका छन् । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमण पुष्टि भएका थप १ सय ७७ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका थप १ सय ७७ जनाको मृत्यु भएको छ । यस्तै ८ हजार ६ सय ७ जना संक्रमित थपिँदा ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।
२२ हजार ३ सय ५३ जनाकाे पीसीआर परीक्षणमा ८ हजार ४ सय ७ र ८ सय ७३ जनाकाे एन्टिजेन परीक्षणमा २ सय जनामा संक्रमण संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् ।
संक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४ सय ९५ जना होम आइसोलेसनमा र ७ हजार ६ सय ९७ जना संस्थागत आइसोलेसन उपचाररत रहेका छन् । शुक्रबारसम्म १ हजार ७ हजार १६ जना आईसीयूमा र ५ सय ११ जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

