मकवानपुर । मकवानपुर प्रहरीले अबैध भरुवा बन्दुक २ नाल बरामद गरेकाे छ । भिमफेदी ईलाका प्रहरी कार्यालयले भिमफेदी गाउँपालिका वडा नं ६ स्थित स्याउली बनको रुखको चेपमा बेवारिसे अवस्थामा रहेको अबैध भरुवा बन्दुक २ नाल बरामद गरेको प्रहरीले जनाएकाे छ ।
शनिवार ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले भिमफेदी गाउँपालिका वडा नं ६ स्थित स्याउली बनको रुखको चेपमा बेवारिसे अवस्थामा २ नाल भरुवा बन्दुक भेटेकाे थियो । लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक थान २ फेला परेकोसंगै उक्त बन्दुक को कसको हो भन्ने सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

