मकवानपुर । मकवानपुरमा भरूवा बन्दुक पड्किदा १ जना घाइते भएका छन् । बकैया गाउँपालिका वडा नं. ६ का २२ बर्षिय जिवन घिसिङ साेही वडकाे सृजना सामुदायिक वनमा सिकार खेल्न गएकोमा उनले बोकेको अबैध भरुवा बन्दुक पड्कदा घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
गत बैशाख ३० गते करिब १ बजेको समयमा सिकार खेल्न गएकोमा अवस्थामा बन्दुक अचानक पड्कन गई घिसिङकाे दाहिने कोखामा गोलि लागि घाईते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
घिसिङका आफन्तले उनलाइ हेटौडा स्थित अस्पतालमा उपचार गराउन ल्याएकोमा अवस्था गम्भिर रहेकोले थप उपचारको लागि मेडिकल कलेज भरतपुर चितवन पठाएको प्रवक्ता रिमालले बताए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई अबैध भरुवा बन्दुक बरामद गरिएको र घटना बारे थप अनुसन्धान भईरहेको रिमालले जानकारी दिए ।

