मकवानपुर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल बढ्दै गइरहेकाे काेराेना भाइरस सम्बन्धमा सचेतना अभिवृद्धि गर्न प्रहरीले हेल्थ डेस्क स्थापना गरेकाे छ ।
विहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङ, सामुदायिक प्रहरी सेवा केन्द्र बसपार्क र सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर मकवानपुरको संयुक्त पहलमा कोरोना माहामारीबाट बच्न सचेतना अभिवृद्धि गर्ने प्रयोजनले बुद्धचोक, बसपार्क र थानाभर्याङमा हेल्प डेस्क स्थापना स्थापना गरेकाे छ ।
साना हातहरु मकवानपुर शाखाको सहकार्यमा हेल्प डेक्स सञ्चालनमा आएको हाे । विहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले वसपार्कमा कोरोना सम्बन्धी हेल्प डेक्सको उद्घाटन गरेका छन्। प्रहरी तथा साना हातहरुका सहजकर्ताले सर्जिकल मास्क दिएर सर्वसाधारणलाइ मास्क लगाउन प्रेरित गरेका छन् । सामाजिक रूपमा प्रतिकात्मक सन्देश दिन यस्तो अभियान सुरु गरिएको बताईएको छ । कार्यक्रममा प्रहरी उपरिक्षक राठौरले सर्वसाधारणहरुलाई माक्स वितरण समेत गरेका थिए ।

हेल्थ हेस्कबाट विहीबार मास्क १ हजार ३ सय वटा, सचेतनामूलक पर्चा ५ सय थान बितरण गरिएकाे छ । काेराेना सम्बन्धी सचेतना अभिवृद्धी गर्न माईकीङ समेत गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौर, सामुदायिक केन्द्रका अध्यक्षहरू तथा सामुदायिक प्रहरी सेवाकेन्द्रमा कार्यरत प्रहरी कर्मचारी साना हातहरु मकवानपुर शाखाका कर्मचारीहरू समेतको उपस्थिती रहेको छ।

