मकवानपुर । मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट उत्कृष्ट प्रहरी कर्मचारी घाेषित भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको मुल्यङकनको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका कार्यालय प्रमुख प्रहरी निरीक्षक द बिष्ट मकवानपुरकै उत्कृष्ट प्रहरी बन्न सफल भएका हुन।
वडा तथा नगर क्षेत्रमा हुने घटना तथा दुर्घटना न्यूनिकरण, गैरकानुनी रुपमा हेटौंडा बसेका चिनियाँ नागरिक,हराएको मोटरसाइकल फेला पर्न देखाएको सकृयता र हेटौंडा -२ र ५ मा लागेको डढेलो नियन्त्रणमा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिष्टलाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको हो । उनलाई मकवानपुरका प्रहरी उपरीक्षक सोमेेन्द्र सिंह राठौरले बेष्ट पुलिसको प्ररशंसापत्र प्रदान गरेका छन।
दाचुर्ला घर भएका प्रहरी निरीक्षक बिष्ट अनुसन्धानमा अब्बल मानिन्छन् । यस अघि भक्तपुर रहँदा उनको सबल अनुसन्धानले भक्तपुर प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने सफल भएको थियो।

