मकवानपुर । नेकपा माआवादी केन्द्र हेटौंडा – १५ वडाकाे संयाेजकमा लिला कुमार घलान ताेकिएका छन् । सोमबार बसेको पार्टी वडा कमिटीको विस्तारित बैठकले अन्तरपार्टी वडा भेला संयोजन समितिको संयोजकमा लिलाकुमार घलानलाई तोकिएको हाे ।
वडा संयोजन समितिको सदस्यहरुमा भिमबहादुर पाख्रिन, रत्नबहादुर मगर, चन्द्रबहादुर पौडेल, विरमान घलान, रामबहादुर भोम्जनलगायत ११ सदस्यीय रहेको छन् । यस्तै, योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को वडा भेला आयोजक कमिटीको संयोजकमा सुरज घलानलाई तोकिएको छ । यसैगरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा भेला आयोजक कमिटीको संयोजकमा उषा घलानलाई तोकिएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर कमिटी इन्चार्ज विवेक राई, सल्लाहकार मन्ते सिं योञ्जन, सदस्य विशाल तिुतङसहितको उपस्थिति रहेको वडा कमिटी इन्चार्ज मनकुमार लोले जानकारी दिए । भेला नेकपा माओवादी जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा भएको हो ।

