मकवानपुर । बागमती प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आज विहीबार पनि अवरुद्ध गरे पछी अनिश्चितकालका लागि स्थगित भएको छ । करिब ७४ दिनकाे अन्तरालमा चैत २४ गते बसेकाे प्रदेश सभाकाे वैठक यस अघी लगातार दुइ दिन माओवादी सासदहरुले अवरुद्ध गरेका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यसअघि बिहिबार बसेको बैठकमा आफुहरुले उठाएका राष्ट्रिय सरोकारको विषयमा स्पष्ट जवाफ नदिए भन्दै माओवादीका नेताहरुले बैठक अवरुद्ध गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस अघीकाे बैठकमा प्रतिपक्ष नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले तत्कालिन नेकपाको प्रदेशसभाका बहुसंख्यक सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नै नदिएको आरोप लगाए । ‘सभामुख संवैधानिक रुपमा स्वतन्त्र हुनुहुन्छ, तर उहाँलाई पनि सरकारले दबाबमा राख्यो । सो दबाबका कारण सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने वातावरण बनाउन सक्नु भएन’– उनले मगलबारकाे बैठकमा भने ‘प्रदेशसभाको विभिन्न समिति र कार्य परामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य दलहरुलाई सूचना नै नगरी एकलौटी ढंगबाट छलफल अगाडि बढाउनु भएकाे छ यो भन्दा दुःखद क्षण के हुनसक्छ ।’

विहीबारकाे बैठकको विषेश समयमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य इन्द्रबहादुर बाँनियाले सरकारले पुर्वाधार, आर्थिक प्राविधिक पारदर्शिताको विश्लेषणनै नगरी एकलौटी ढ्गले विद्युतिय बस खरिद गर्न लागेको भन्दै सरकारले जनतालाई सदन मार्फत त्यसको विश्वश्नियताको पुष्टि गनुपर्ने बताए ।
यस्तै बिवेकशिल साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौडेल ,नेपाल मजदुर किसान पार्टीका सुरेन्द«राज गोसाई र राप्रपाकी प्रदेश सभा सदस्य रिता माझीले समसामयिक विषयमा आआफ्नाे धारण राखेका थिए । प्रतिपक्षका चार जना नेताहरुले आफ्नो धारण व्यक्त गरेसँगै अवरुद्ध भएको बैठक प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेका छन् ।
प्रदेशसभाको बैठक बस्नुअघि सर्वदलीय बैठक पनि बसेको थियो । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेताहरु आफ्नो अडानबाट नहटेको र प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको प्रदेशसभा सचिवालयल जनाएको छ ।

