मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले अनुसन्धानस्थलमा खटिने प्रहरी कर्मचारीलाई एकै प्रकारकाे पाेशाककाे व्यवस्था गरेकाे छ ।
अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न हुँदा सादा पोशाकका प्रहरीलाई खटाउदै अाएकाेमा निश्चित पोशाक र पहिचान सहित खटाउने प्रदेश प्रहरी कार्यालयको अवधारणा अनुसार अनुसन्धानको सिलसिलामा घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने व्यवस्था मिलाईएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरी कर्मचारीले सोमबारदेखि नै लोरोसेन्ट ज्याकेट र टोपी लगाउने बताइएको छ ।

बितरण गरिएको ज्याकेट र टोपी १० जिल्ला प्रहरी कार्यालय र ११ वटा इलाका प्रहरी कार्यालयका अपराध अनुसन्धान समूहमा कार्यरत प्रहरी कर्मचारीहरुले घटनास्थलको अनुसन्धानमा खटिँदा यो पोशाक लगाउने प्रदेश प्रहरी कार्यालय बागमतीका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले बताइन् ।
अनुसन्धान अधिकृत, सहायक तथा अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीको छुट्टै पहिचान र कार्य सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले पोशाक व्यवस्था गरेको चौधरीले बताइन् ।

