मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको चैत २१ गतेबाट सुरू हुने ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजकुमार न्यौपाने समूहकाे चुनाव प्रचार प्रसार तथा सम्पर्क सचिवालय शुभारम्भ गरेका छ्न्।
चैत २ गते सोमबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवार न्यौपानेले हेटौंडा ४ बालकुमारी पार्टी प्यालेसमा सम्पर्क कार्यालयकाे शुभारम्भ गरेका हुन् । सचिवालय शुभारम्भ गर्दै न्याैपानेले केही दिनमै आफ्नो प्यानलमा सदस्यहरुको समेत उम्मेदवार सार्वजनिक गर्ने बताए ।
गत फागुन २८ गते शुत्रफबार उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका न्यौपानेकाे नेतृत्वमा ४ उपाध्यक्ष सहित उम्मेदवारी घोषणा गरिसकेका छन् । न्यौपानेको समूहमा उपाध्यक्ष पदमा वाणिज्यतर्फ रामप्रसाद न्यौपाने, उद्योगतर्फ प्रतिमा श्रेष्ठ,एसोसियटतर्फ उज्वल चौलागाई र वस्तुगततर्फ राजु अधिकारीको उम्मेदवारी रहेको छ ।

