मकवानपुर । लागु औषध मुद्दामा १० दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी दिनेश भुजेललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा–१७ का ३२ वर्षीय भुजेललाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । जिल्ला अदालत मकवानपुरको मिति २०६९ फागुन १ गतेको फैसला अनुसार उनले १० दिन कैद भुक्तान गर्न बाँकी रहेको छ ।
भुजेललाई जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएर बाकी कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाएको प्रवक्ता रानाले बताए ।

