मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपहानगरपालिका ११ नवलपुरमा हेटौंडा तर्फ आउँदै गरेको ना१ ह ७२३६ नम्बरको अटोलाई चेकजाँच गर्दा ४ वटा पोकामा ल्याएको २५ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
गाँजा सहित पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ – १ पलासेका २१ बर्षीय नवराज थिङ र सोही ठाउँ बस्ने २० बर्षीय बाबुराम थोकर रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी ईन्द्र बहादुर रानाले बताए। गाँजा सहित पक्राउ परेका र अटोमाथि नियन्त्रण गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

