मकवानपुर । हेटौंडा अटोमोबाइल्स एशोसियसनले हेटौंडामा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेकाे छ । आइतबार
हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा नयाँ वर्ष २०८३ काे शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेकाे हाे ।
कार्यक्रम ११ नम्बर वडाध्यक्ष जुना दहालले नयाँ वर्षसँगै नयाँ सरकार बनेकाले देशमा सकारात्मक परिवर्तन आउने अपेक्षा व्यक्त गरिन्। व्यापार व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण बन्ने विश्वास व्यक्त गर्दै उनले सबैले सरकारलाई साथ र सहयोग गर्नुपर्ने बताइन् । ‘सिमलटार क्षेत्रमा करिब २ हजार २०० घरधुरी रहेको जानकारी दिँदै तीमध्ये १ हजार १०० घरधुरीले भूमिहीन सुकुम्बासीको रूपमा र १०६ घरधुरीले भूमिहीन दलितको रूपमा दर्ता गराएको जानकारी समेत दिइन् । “काम गरौँ, कम बोलौँ, आफूले गलत नगरेपछि नकारात्मक कुराको चिन्ता लिनु पर्दैन” उनले भनिन् “सेवाभावका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।”
कार्यक्रममा सहभागीहरूले नयाँ वर्ष २०८३ का अवसरमा आपसी शुभकामना आदानप्रदान गर्नुका साथै भित्तेपात्रो विमोचन गरिएको थियो।एशोसियसन अध्यक्ष धर्मराज धिमालको सभाध्यक्षतामा तथा हेटौंडा उपमहनागरपालिका वडा नम्बर ११ का वडाध्यक्ष जुना दहालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमा एशोसियसनका पूर्व अध्यक्ष ऋषि कुमार ढकाल, महासचिव संजय कुमार गुप्ता, सचिव श्याम प्रसाद कंडेल लगायत उपस्थित थिए ।

