मकवानपुर । भ्रष्टाचारको विरोध गर्दै प्रदर्शनीमा उत्रेका जेनजी पुस्ताको आन्दोलनले मकवानपुरकाे यातायात व्यवसायीहरुलाई समेत मार परेकाे छ ।
हेटौडा ११ थानाभर्याङमा रहेकाे नारायणी यातायात व्यवसायी कम्पनि प्रा.लि समेत प्रदर्शनकारीकाे ताराे हुँदा यातायात व्यवसायीहरुकाे विभिन्न कागजपत्रहरु डढेर नष्ट भएका छन् ।
प्रदर्शनकारीहरुले कम्पनिको कार्यालय ताेडफोड गरेर आगजनी गर्दा यहाँको सम्पूर्ण भौतिक सम्पत्ति र संरचना नष्ट भएको कम्पनिका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले बताउनु भयाे ।
यातायात सम्बन्धी बीमा कागजात, राजस्व, प्रहरी प्रतिवेदन, अस्पताल सम्बन्धी कागजात सबै जलेर खरानी भएकोले आगामी समयमा सेवा दिनसमेत समस्या हुने देखिएको छ । ‘अब कसरी अघि बढ्ने भन्नेमा नै समस्या भएकाे छ’ अध्यक्ष पराजुलीले भन्नुभयाे । ‘सेवाकै लागि कार्यालय राखेर हामी अघि बढ्दै थियौ, कागजात रेकर्डहरु नष्ट हुदा समस्या भयो’ उहाँले भन्नुभयाे । कार्यालयकाे फर्निचर कम्प्युटरहरु र सिङ्गो संरचनामा आगजनी हुँदा ५५ लाखभन्दा बढी क्षति भएकाे उहाँले बताउनुभयाे । यस कम्पनिमा २ हजार ५ सयभन्दा बढी यातायात व्यवसायीहरु आवद्ध रहेका छन् ।
हेर्नुस् कार्यालयकाे हालकाे अवस्था

