मकवानपुर । मकवानपुरमा नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र तयारीका विषयमा छलफल भएको छ । स्वतन्त्र पत्रकार संघ, मकवानपुरको बिहीबार हेटौंडामा उक्त विषयमा प्यानल छलफल गरेर हाे ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, युवा पत्रकार जमुना थिङ वक्ताका रूपमा रहेका थिए । पत्रकार विष्टले पत्रकारिताको विगत र वर्तमान अवस्था तुलना गर्दै नयाँ पुस्ताका पत्रकारहरूका लागि चुनौतीभन्दा अवसर बढी रहेको बता्ए । ‘विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त रहेको तर अहिले प्रविधिको विकास भए पनि सामग्रीको गुणस्तर र अनुशासनमा कमी देखिएको छ’ उनले भने । प्रविधिको प्रयोगसँगै पत्रकारिताको गति तिव्र भए पनि समाचारको गहिराइ र विश्वसनीयता खस्किरहे उनले बताए ।
यसै गरी सञ्चार रजिष्ट्रार सापकोटाले इन्टरनेटको विकाससँगै अनलाइन सञ्चारमाध्यमहरू बढ्दै गए पनि समाचारको गुणस्तरमा वृद्धि नभएको बताए । ‘अहिले पत्रकारितामा खोज पत्रकारिता र गुणस्तरीय सामग्री निर्माण गर्ने संस्कारको विकास हुन छैन’ उनले भने । ‘छापा माध्यममा काम गरिरहेकाे तथा गरेर पत्रकारले समाचारमा सन्तुलन राख्न र समाचारकाे आयातन बढाउन समेत राख्न सक्षम हुन्छन्’ उनले भने पत्रिका बाहेकका अन्य संचार माध्यममा काम गरिरहेकाले समाचारलाई शब्द संख्या वृद्धी गर्न समस्या रहेकाे छ ।’ रजिष्ट्रार सापकोटाले सञ्चार माध्यमको आम्दानी खुम्चिंदै गएको र लगानी बढ्दै गएको बताउँदै सञ्चार व्यवसायलाई टिकाउन आर्थिक सन्तुलन आवश्यक रहेको बताए ।
यस्तै महासंघका जिल्ला अध्यक्ष अधिकारीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुने बताए । ‘अहिलेकाे कानुनी व्यवस्था र सरकार समेतले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ’ उनले भने ‘तर स्वतन्त्र पत्रकारिता कायम राख्न कानुनी सुरक्षा आवश्यक रहेको छ ।’ उनले नयाँ पुस्ताका पत्रकारहरूले अनुसन्धानमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने र सामाजिक परिवर्तनका संवाहक बन्नुपर्ने बताए ।
अधिकारीले पाठककाे अपेक्षालाई पूरा गर्न नसकिएकाे अवस्था रहेकाेले समाचारमा सावधानी नअपनाउँदा विभिन्न त्रुटिहरु हुने गरेकाे बताए । ‘पत्रकारिता क्षेत्रमा जाेखिम पनि वढिरहेकाेले प्रविधि, कन्टेन, नयाँ र पुराना पुस्ता सबैलाईसंगै अगाडि लानुपर्छ उनले भने । पत्रकार महासंघले पुराना पुस्ताका पत्रकारका लागि पेन्सनकाे व्यवस्था गरेकाे, दुर्घटना स्वास्थ्य उपचारका व्यवस्था गरेकाे उनले बताए । ‘पत्रकाारितकाे क्षेत्रबाट हामीले जति धेरै दिन सक्छाै पेशालाई जाेगाउन सकिन्छ’ उनले भने ‘सीप, क्षमता र दक्षतालाई बढाउनु पर्छ ।’
यसैगरी युवा पत्रकार थिङले नयाँ पुस्ताले डिजिटल मिडियामा अवसर खोज्न सक्ने, तर सामग्रीको गहिराइ र पत्रकारिता आचारसंहिता पालना नगर्ने प्रवृत्तिले समस्या निम्त्याउने गरेको बताइन् । ‘आजको पुस्ताले प्रविधि सजिलै आत्मसात गरेको तर सामग्रीको खोजीमा मेहनत गरेको छैन’ थिङले भनिन् ‘नयाँ पुस्ताले सिर्जनात्मक पत्रकारिता, अनुसन्धानमूलक रिपोर्टिङ र सत्यतथ्यमा आधारित समाचार उत्पादनमा ध्यान दिनुपर्छ ।’ पत्रकारले स्वतन्त्र र निष्पक्ष भएर लेख्न सक्नुपर्छ, भातृसंगठनहरुकाे प्रभावमा पर्नु नहुने उनले बताइन् । ‘पत्रकारितामा जति अवसर छ त्यही नै चुनाेैतिहरु छन्, वास्तवमा अवसर नै चुनाैति हाे, चुनाैतिकाे सामना गर्न सक्नुपर्छ’ उनले भनिन् । ‘श्रमजिवी पत्रकारहरुका लागि श्रम ऐन कार्यान्वयन हुन नसकेकाे अवस्था छ, सरकारकाे भूमिका महत्त्वपूर्ण हुनुपर्छ’ उनले भनिन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले मकवानपुरे पत्रकारितालाई थप प्रभावकारी बनाउन प्रशिक्षण, अनुसन्धानात्मक पत्रकारिता, डिजिटल प्लेटफर्महरूको सही उपयोग, नीति निर्माण र वित्तीय व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याएका थिए । स्वतन्त्र पत्रकार संघ, मकवानपुरका सचिव बसन्त भण्डारीले सहजीकरण गरेको कार्यक्रमको समग्र टिप्पणी पत्रकार राममणी दाहालले गरेका थिए ।

