मकवानपुर । मकवानपुरको हेटौंडामा रहेकाे एन्टारटिक बिस्कुट उद्योगले गैह्र कानुनी ढंगले निष्कासन गरेको कर्मचारीहरुको पुनर्वाहाली गर्ने भएको छ ।
हेटौडा औद्योगिक क्षेत्रमा रहेको बिस्कुट उद्योगले आज बिहिबार श्रम कार्यालय हेटौंडामा उद्योग व्यवस्थापनसँग भएको वार्ताले उद्योगको निष्कासनमा परेका ९६ जनालाई पुर्नवाहली गर्ने सहमति जुटेको समग्र उद्योग ट्रेड युनियन, नेपाल जिल्ला समन्वय कमिटी अध्यक्ष केशव प्रसाद अधिकारीले जानकारी दिए ।
बार्ताले श्रमिकलाई रोजगार सम्झौता पत्र दिने साथै उधोगमा थप ६ जनालाई समेत नियमित रोजगार प्रदान गर्ने गरी १ सय २ जनालाई नियमित रुपमा उद्योगको काममा फर्काउने सहमति भएको समग्र उद्योग ट्रेड युनियन नेपाल, मकवानपुरका अध्यक्ष अधिकारीले बताए ।
उनका अनुसार वार्ताको क्रममा श्रमिकहरुको परीक्षण अवधि सकिएकाहरुको हकमा भने श्रम ऐन बमोजिम स्थायी नियुक्ती गर्ने सहमती समेत गरिएको अध्यक्ष अधिकारीले बताए । उद्योगले अनुचित श्रम अभ्यास गर्दै बिना कारण गैह्र कानुनी ढंगले कर्मचारी निष्कासन गरेपछि बिरोधमा गत १ गतेदेखी आन्दोलित रहेका थिए ।

