मकवानपुर । सर्पको संरक्षण र उद्धारका लागि हेटौंडा उपमहानगरपालिकाले सामग्री सहयोग गरेकाे छ । बातावरण सन्तुलनका लागि महत्वपुर्ण प्राणिको रुपमा मानिने सर्प उद्धारका हेटौंडाका बाबु छोरालाई उपमहानगरपालिकाले उद्धार सामग्री हस्तान्तरण गरिएकाे हाे ।
अनलाईन सञ्चार माध्यममा सक्रिय रहेका राजेश गरीब र रोशन दिपलाई सर्पउद्धारमा प्रयोग गरीने स्नेक क्याच, स्नेक टंक, हुक स्टीक, बुटसेट, व्याग, ग्लब्स, हेड टर्च सहितको सामाग्री नगर प्रमुख मिना कुमारी लामाले हस्तान्तरण गरेकी हुन् । सहयोग सामग्री ३५ हजार मुल्य बराबरको रहेको उपमहानगरले जनाएकाे छ । राजेश र रोशन बाबु छोरा हुन् ।
नगर प्रमुख लामाले सेवामुखी भावले जोखिम पूर्ण कार्य बिना सुरक्षा गर्दै आएकाेमा उपमहानगरले सुरक्षित ढंगले काम गर्नकाे लागि सहयोग होसकाे लागि सामाग्रीहरु उपलब्ध गराएको बताइन् ।
सर्प उद्धारमा खटिदै गर्दा बिना सुरक्षा काम गरेको भन्दै हेटौंडा उपमहानगरले आवाश्यक सामाग्री उपल्ब्ध गराएकोमा खुसी व्यक्त गरे । उनिहरुले हेटौंडा उपमहानगर भित्रका हरेक वडा सहित छिमेकका पालिकाहरुका बस्तीहरुमा घरभित्र पसेका सर्प उद्धार गरेर मानव बस्तीभन्दा टाढा बनक्षेत्रमा लगरे छाड्ने गरेको बताए । सर्पको उद्धार पछि पहिचान गरि डिभिजन वन कार्यालयसँगको समन्वयमा मानव र सर्प दुबैलाई हानी नहुने गरि बनक्षेत्रमा छाडिने गरेको उनिहरुले बताए ।
सर्प उद्धार गर्दै गर्दा आफुहरुले अहिले सम्म १४ थरिका सर्पहरु फेला पारिसकेको र जसमा विषालु किङ्ग कोब्रा, स्पेक्टिकल कोब्रा (गोवन सेतीनाग), मोनोस्लेड कोब्रा (गोवन चन्द्रानाग), ग्रिनपिट भाइपर, बेण्डेड करेत फेला परेका छन् । त्यस्तै गरि अविषालुमा कपर हेडेट ट्रिङ्गेट , कमन ट्रिङ्गेट , ट्वीन स्पोटेट, उल्फ् स्नेक, फ्रोस्टेन क्याट स्नेक, चेर्कड किलव्याक, अर्नेनेट फ्लेङ्गयाइ स्नेक, बफस्ट्रिप्ड किलव्याक र धामन सर्पको उद्धार गरेको बताए ।
उपमहानगर परिसरमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपाने, हेटौंडा–८ का अध्यक्ष रामकृष्ण थापा, हेटौंडा–९ का अध्यक्ष सुकराम केसीलगायतकाे सहभागिता रहेको थियो ।

