कोदो नेपालकाे प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदो भारतमा समेत उत्पादन हुने महत्त्वपूर्ण खाद्यान्नमा पर्छ । देशका केही पहाडी भेकको प्रमुख खाद्य बाली काेदो कडा मेहनत गर्ने श्रमजीवी मानिसहरूको रुचिकर खाद्यान्न हो । मधुमेह (डायबेटिज)-को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी हुन्छ। यसमा क्यालसियम, फस्फोरस र फलामको मात्रा प्रचुर हुन्छ।
समुद्रसतहदेखि १८०० मिटर उचाइसम्ममा यसको खेती गर्न सकिन्छ। पहाडी क्षेत्रमा अन्न र गाईवस्तुको आहार दुवै हिसाबले उत्पादन गरिन्छ। उम्रिएको वा टुसा पलाएको कोदोबाट पेय पदार्थ बनाइन्छ । कोदो मुख्य रूपले छाङ वा जाँड जस्ता पेय पदार्थ बनाउन समेत प्रयोग गर्ने गरिन्छ। यसको पीठोले रोटी वा ढिंडो बनाइन्छ। यसको नल पशुको राम्रो आहार मानिन्छ।
वैज्ञानिक नामः Eleusine coracana, अङ्ग्रेजीःfinger millet हाे । विश्वको ग्रीक खाद्यान्न देवी ‘एल्युजिन’-को नामबाट यसको उत्पत्ति नाम इल्युजिन भएको हो। यसको साझा अङ्ग्रेजी नाम ‘फिंगर मिलेट’ फूलडाँठमा औंलाजस्तै बालाको झुप्पा आउने भएकोले त्यसैबाट आएको हो।
तस्विरःआरपी गुरागाईं/सहीखबर

