मकवानपुर । मकवानपुरको बकैयामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान बकैया ५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई – काठमाण्डौ द्रुतमार्गमा (फास्ट ट्रयाक सडकखण्ड) ना ८ ख २४३० नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बकैयाको हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लोड लिई जादै गरेको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा चालक लोको ट्रिपरले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

