मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा संचालनमा रहेकाे सीआशा फाउण्डेसनमा कानकाे परीक्षण शिविर संचालन भएकाे छ । शुक्रबार फाउण्डेसनका बालबालिका र अभिभावकको कानकाे परीक्षण शिविर भएकाे हाे ।
किवानिज क्लब मकवानपुरको आयोजनामा विद्यालयमा अध्ययन गर्ने बालबालिका तथा अभिभावकाे कानकाे परीक्षण शिबिर संचालन गरिएकाे थियाे । क्लब मकवानपुरका वर्ष २०२४/२५ का अध्यक्ष पवन खड्काको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै किवानिज क्लव नेपालका निवर्तमान गभर्नर तीर्थकुमार सिंहले बालबालिकाको क्षेत्रमा काम गर्ने उक्त संस्था सन् २०१५ देखि नेपालमा सक्रिय रहेको बताए ।
‘संस्थाले १८ वर्ष मुनीका बालबालिकालाई शिक्षा,स्वास्थ्य,खेलकुद,नेतृत्व विकास लगायतका क्षेत्रमा सघाउँदै आएकाे छ’ उनले भने । मानिसका लागि आँखा, कान, मुटु जस्ता महत्वपूर्ण अंगको अवस्थाबारे समयमै जानकारी लिन सके भविश्यमा ठूलो नोक्सानी हुनबाट जोगिाउने बताउँदै सिंहले भने–‘यस्तो शिबिर दुर्गम क्षेत्रका बालबालिकालक्षित गरी संचालन गर्नु जरुरी छ ।’
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष बिष्णुगोपाल महर्जनले बालबालिकालाई आफ्नो कान कमजोर छ भन्ने कुरा थाहा नहुने भएकोले शिबिर आवश्यक रहेको बताए । उनले बालबालिकाको आँखा, कान जस्ता अंगको परीक्षण गर्ने शिबिरको आयोजना गरी विद्यालयले पुण्यको काम गरेको बताए ।
कार्यक्रममा किवानिज नेपालका भाइस गभर्नर रामहरि सुबेदी, किवानिज नेपालका सचिव शिबबहादुर काफ्ले, किवानिज चाइल्ड फण्ड चियरपर्सन गोपीमान श्रेष्ठ, डिभिजन ३ का साउथ एलटी गभर्नर डा. अनुपमा श्रेष्ठले यस्ता शिबिरले बालबालिकालाई स्वस्थ्य रहन सहयोग पुर्याउने जानकारी दिएका थिए । शिविरमा मकवानपुर सहकारी अस्पतालका इएनटी बिशेषज्ञ डा. इन्क्लव ढुंगानाको टोलीले सहजीकरण गरेकाे हाे ।
शिविरमा कान परीक्षण गरिएका बालबालिका तथा अभिभावकलाई निःशुल्क औषधि वितरण गरिएको थियो । नेपालगंजस्थित आइडियल फर्मासिटिकल्स प्रालिले औषधि सौजन्य गरेको किवानिज क्लबका मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीले जानकारी दिए । किवानिज क्लब मकवानपुरका कोषाध्यक्ष ईश्वर रिजालले सहजीकरण गरेको कार्यक्रममा किवानिज क्लव हेटौंडाका अध्यक्ष गंगाप्रसाद पौडेल, किवानिज क्लब मकवानपुरका उपाध्यक्ष भानुभक्त आचार्य, सचिव भीमप्रसाद फुँयाल (दिनेश), केसीएफ चियरपर्संन रामचन्द्र बर्तौला, पीआर मार्केटिङ रीता पराजुली, मकवानपुर सहकारी अस्पतालका प्रशासन प्रमुख रामचन्द्र रेग्मी, सी आशा फाउण्डेसनका शैक्षिक संयोजक शान्ति चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

