मकवानपुर । मकवानपुर प्रहरीले बसमा नगद चोरी गरेकाे आरोपमा ३ जनालाई पक्राउ गरेकाे छ । बस चढेका व्यक्तिको ५१ हजार नगद चोरी गरेकाे आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे हाे ।
सोमबार राती मकवानपुर मनहरी गाउँपालिका वडा नंबर–६ बस्ने ४९ वर्षिय भरत गौतम हेटौडाबाट ना ५ ख ८१०१ नम्बरको बस चढि लोथर जाने क्रममा निजको साथमा रहेको नगद ५१ हजार पाकेट मारी चोरी भएकाे थियाे ।
चोरीकाे सूचनाकाे आधारमा प्रहरीले सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका वडा नंबर ६ बस्ने ३२ वर्षिय लाक्पा तामाङ, जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नंबर–१० बस्ने ४२ वर्षिय प्रेम दोर्जे शेर्पा र धनकुटा छथर गाउँपालिकावडा नंबर– ३ बस्ने ३७ वर्षिय हेमराज श्रेष्ठलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले तामाङ, शेर्पा र श्रेष्ठलाई शंका लागि खानतलासी गर्दा निजहरुको साथबाट चोरी भएको रकम फेला परेकोले पक्राउ गरिएको मकवानपुर प्रहरीकाे भनाई रहेकाे छ ।

