मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ मा टाटा सुमोले माेटरसाइकललाई ठक्कर दिंदा २ जना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्ग अन्तरगत हेटौंडा १७ स्थित अगारेश्वर चाेकमा बा ५७ प ३०५९ नम्बरकाे मोटरसाइकललाई रातो टाटासुमोले ठक्कर दिएकाे थियाे । डिपोचौर शाखाबाट आएको सुमाेकाे ठक्करबाट माेटरसाइकल चालक काभ्रे पनौतीका ३० वर्षीय विजय श्रेष्ठ र माेटरसाइकलमा सवार उनकी श्रीमति सरिता श्रेष्ठ घाइते भएकाे स्थानीय कृष्णदेव भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार सुमाेकाे ठक्करबाट मोटरसाइकलमा क्षती पुगेकाे छ । घाइते दुवै जनाकाे मकवानपुर सहकारी अस्पताल हेटौडामा उपचारकाे लागि ल्याइएकाे छ । अन्य विवरण आउन बाँकी रहेकाे छ ।

