मकवानपुर । मकवानपुर प्रहरीले ६७ लाख बराबरकाे सुनसहित १ जान भारतीय नागरिकलाई हेटौडाबाट पक्राउ गरेकाे छ ।
पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा १५, रातोमाटेबाट मंगलबार उक्त मुल्य बराबरकाे अवैध सुनसहित भारत बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफलाई पक्राउ गरिंएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ६९६ नम्वरको यात्रुबाहक ईभी माईक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार सर्राफको साथबाट बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान बरामद गरिएकाे हाे ।
प्रहरीका अनुसार सर्राफले खुट्टाको पैतलामा कालो टेपले बेरी ल्याएको अवस्थामा उक्त सुन बरामद भएको हाे । सरार्फको साथबाट बरामद भएको सुनको मूल्य मंगलबारकाे बजारभाउ अनुसार ६७ लाख ३४ हजार ५४४ नेपाली रुपैयाँ रहेको प्रहरीले जनाएकाे छ ।