मकवानपुर । पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको ८ औ वार्षिक साधारणमा शनिबार भएका छ । हेटौंडा उपमहानगरपालिका वडा २ का वडाध्यक्ष बिष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यतामा साधारण सभा गरिएको हो ।
सहकारीको अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको छ । कुल १ हजार २०३ जना शेयर सदस्य रहेको सहकारीमा आर्थिक वर्ष ०८०।०८१ सम्मको ५ करोड ३२ लाख १८ हजार ५८२ रुपैयाँ लगानी रहेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । सहकारीले विभिन्न क्षेत्रमा लगानी गरेको मध्ये खराब कर्जा क्रमिक रूपमा सुधार भइ न्युनीकरण हुँदै गएको जनाएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी, बकैया, मनहरी गाउँपालिका कार्यक्षत्र रहेको यस सहकारीमा हाल सम्पूर्ण कारोवार बैकिङ प्रणालीबाट गर्ने गरिएको छ । यसैगरी सम्पूर्ण कारोवार कम्प्युटर मार्फत गर्न थालिएको, दैनिक कारोवारलाई पारदर्शी रूपमा राखिएको, कार्यालय ब्यवस्थित गरिएको, आर्थिक पारदर्शीतालाई उच्च महत्व दिइएकोे अध्यक्ष श्रेष्ठले बताए ।
सहकारीले आफ्ना महिला शेयर सदस्यलाई सुत्केरी खर्च वापत २ हजार र शेयर सदस्य मृत्यु भएमा राहत खर्च वापत ५ हजार उपलब्ध गराउँदै आएको श्रेष्ठले बताए । साधारण सभाले अध्यक्ष श्रेष्ठलगायत कोषाध्यक्ष पुर्णभद्र चौलागाईं, लेखा समिति संयोजक चन्द्रावती पनेरु, ऋण उपसमिति संयोजक दिक्पाल तिमल्सिनाले पेश गरेका प्रतिवेदनहरु पारित गरेको छ ।
सहकारीमा गत बर्षको लगानी ४ करोड ८९ लाख ८२ हजार २३८, यसबर्षको लगानी ५ करोड ३२ लाख १८ हजार ५८२ रहेको पनेरुले बताइन् । समा धितो जमानतमा ३ करोड ५२ लाख ३२ हजार ४४५ र शेयर बचत जमानत लगानीमा १ करोड ७२ लाख ५७ हजार ६९२ रहेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
कार्यक्रममा जनकल्याण सहकारी अध्यक्ष हिमाल पौडेल, राष्ट्रिय सहकारी बैकका समीर श्रेष्ठ , प्रतिफल साकोसका उपाध्यक्ष निलम श्रेष्ठलगायत विभिन्न सहकारी प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको सहकारीको सचिब डा गोपिराम बन्जराले बताए ।