मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ बनस्पतिमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ महायज्ञको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले शनिबार शुभारम्भ गरेका छन् ।
असोज ५ गतेसम्म हुने महायज्ञ हेटौंडा १३ मा अवस्थित कालेश्वर महादेव मन्दिरको पूर्ण संरचना र अक्षयकोष स्थापनाका एवम् बुद्ध मूर्ति निर्माणलागि आयोजना गरिएकाे आयोजकले जानकारी दिएकाे छ ।
महायज्ञ शुभारम्भ गर्दै श्रेष्ठले नेपालमा बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक समाजको महत्त्व र यसको समग्र विकासको आवश्यकता रहेकाे बताए । “हाम्रो समाज इन्द्रेणी जस्तै विविध रङ्गले भरिएको छ। यहाँ विभिन्न जाति, धर्म र आस्था भएका मानिसहरू छन्। हामीले सबै धर्मको विचारलाई समान रूपमा सम्मान गर्नुपर्छ” उनले भने “सनातन धर्मलाई धार्मिक, सांस्कृतिक, सामाजिक र पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ’ उनले भने ’यसबाट आर्थिक उपार्जन र पर्यटन प्रवर्द्धन समेत सकिन्छ ।”
यस्ता कार्यक्रमले विविधतालाई सम्मान गर्दै, सबै समुदायको सहभागितामा आधारित समावेशी विकासको आवश्यकतालाई रेखाङ्कित गरेकाे उनले बताए । धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्ने कार्यमा हामी सबैले प्रयास गरीरहनुपर्ने उनले जानकारी दिए ।
श्रीमदभागवत कथा बाचन पण्डित कपिलदेव भट्टले गर्नु हुनेछ भने उप-वाचक पण्डित डेगनाथ ढकाल रहेका छन् । कार्यक्रमा सम्पूर्ण दिवंगत आत्माहरुको बैकुण्ठ बासहोस् तथा पितृ उद्धार गर्ने उद्देश्यले कथा वाचन, पाठपरायण तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट भजन कीर्तन, संगीतमय देवलिला झाँकी नाटक सहितको कार्यक्रम हुने भएको मुल आयोजक समारोका संयोजक सन्तबहादुर तितुङले जानकारी दिए ।
श्रीमदभागवत उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलान, टोल विकास वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, कृष्ण प्रसाद दाहाल, वसन्त लामा, बिन्दबासिनी टोलबिकास संस्थाका अध्यक्ष रत्नबहादुर केसी, सहारा टोलबिकास सस्थाका अध्यक्ष अशोककुमार डिमडुङ, मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर भ्लोन लगायतकाकाे सहभागी थियाे ।