मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकामा एम्बुलेन्सले माेटरसाइकललाई ठक्कर दिंदा २ जना घाइते भएका छन् । हेटौडा धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ मा मंगलबार एम्बुलेन्सले माेटरसाइकललाई ठक्कर दिएकाे थियाे ।
हेटौडाबाट हटिया तर्फ जादै गरेको ना ३ च ८२९८ नम्बरको एम्बुलेन्सले हेटौडा तर्फ आउँदै गरेकाे ना ४२ प ५७०९ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा माेटरसाइकल चालकसहित २ जना घाइते भएका हुन्। एम्बुलेन्सकाे ठक्करबाट मोटरसाइकल चालक हेटौडा १७ का अन्दाजी ३७/३८ वर्षीय सुनिल दर्नाल र मोटरसाइकलमा सवार हेटौंडा ५ पिप्लेका अन्दाजी ४०/४५ वर्षीय भाष्कर पौडेल गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
उनीहरुलाई उपचारका लागि हेटौंडाकाे सामुदायिक अस्पताल ल्याइएकाे बताइएकाे छ । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

