मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजापछि अहिले सामाजिक सञ्जालका २ प्रकारकाे चर्चा उठिरहेका छन् । एउटा विद्यालय वा विद्यार्थीकाे सफलतापछी बधाईकाे चर्चा अर्काे नकरात्मक नतिजाकाे टिप्पणी । विद्यार्थी वा विद्यालयकाे नतिजा राम्राे नहुनुकाे दाेष कसकाे हाे ? विद्यार्थी, शिक्षक,अभिभावक वा विद्यालय व्यवस्थापन समिती कसकाे कमजाेरीकाे कारण नतिजा अपेक्षाकृत आएन ?
तर कसरी सुधार गर्ने एसईईकाे नतिजा भन्नेबारे भने बहस कतै भएकाे पाइदैन । मकवानपुर जिल्लामा २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले जिल्लाको शैक्षिक प्रणाली र शिक्षाको स्तरमा सुधार आवश्यक रहेको देखाएको छ। यस वर्षको एसईई परीक्षामा कुल ५ हजा ९ सय २६ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ हजार १ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् भने ३ हजा ७ सय ४१ विद्यार्थी अनुत्तीर्ण भएका छन्। उत्तीर्ण प्रतिशत ३६.६ प्रतिशत मात्र रहेको छ भने अनुत्तीर्ण प्रतिशत ६३.१२ प्रतिशत रहेको छ। यो परिणामले जिल्लाको शैक्षिक स्तरमा व्यापक सुधारको आवश्यकता दर्शाएको छ।
मकवानपुर जिल्लामा २०८० सालको एसईई परीक्षामा सामुदायिक र संस्थागत गरी १३८ विद्यालय सहभागी भएका थिए। तीमध्ये १६ विद्यालयको नतिजा सुन्य रहेको छ, अर्थात् १६ विद्यालयका कुनै पनि विद्यार्थी पास हुन सकेनन्। यो तथ्यले ती विद्यालयहरूको शैक्षिक स्तर र शिक्षण प्रणालीमा सुधारको आवश्यकता छ भन्ने कुरा प्रष्ट हुन्छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा मकवानपुरको १० पालिका मध्ये हेटौंडा उपमहानगरपालिका अग्रस्थानमा रहेको पाइएको छ । हेटौंडाका २९ संस्थागतसहित ५८ विद्यालयबाट ३ हजार ५६ परीक्षार्थीले परीक्षा दिएकोमा १ हजार ७ सय ११ अर्थात ५५.९९ प्रतिशत उतीर्ण भएका छन् । हेटौंडाको एक सामुदायिक र एक संस्थागत विद्यालयको नतिजा भने शुन्य रहेको छ ।
जिल्लाको एक मात्र नगरपालिका थाहा जिल्लमै दोस्रो स्थानमा रहेको छ । थाहा नगरपालिकाको ६ संस्थागतसहित १७ विद्यालयबाट ५ सय ३९ परीक्षार्थीले परीक्षा दिएकोमा १ सय ४८ अर्थात २७.४६ प्रतिशत नतिजा हासिल गरेको छ । थाहा नगरपालिकाको कुनै पनि विद्यालयको नतिजा शुन्य रहेको छैन । जिल्लामै नतिजा शुन्य नभएको पालिका थाहा मात्र हो ।
जिल्लामा मकवानपुरको मनहरी गाउँपालिकाले तेस्रो स्थान लिएको छ । मनहरीबाट ३ संस्थागतसहित ११ विद्यालयबाट ४ सय ७७ परीक्षार्थीले एसइई परीक्षा दिएकोमा १ सय १५ अर्थात २४.११ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । मनहरीको ३ वटा विद्यालयको नतिजा शुन्य रहेको छ । यो संख्या शुन्य नतिजा हुने पालिकामध्ये मकवानपुरकै सबैभन्दा बढि हो ।
त्यसैगरी इन्द्रसरोवर गाउँपालिकाका ६ सामुदायिक विद्यालयका ८४ जनाले एसइई परीक्षा दिएकोमा १४ जना अर्थात १६.६७ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । इन्द्रसरोवरमा एउटा विद्यालयको नतिजा शुन्य भएको छ । भमिफेदी गाउँपालिकाको ८ सामुदायिक विद्यालयबाट २ सय १४ परीक्षार्थीले परीक्षा दिएकोमा २१ जना मात्र अर्थात ९.८१ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
भीमफेदीको २ वटा विद्यालयको नतिजा शुन्य छ । मकवानपुरगढी गाउँपालिकाबाट १० वटा सामुदायिक विद्यालयका ३ सय जनाले परीक्षा दिएकोमा ४६ जना अर्थात १५.३३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । मकवानपुरगढीका एउटा विद्यालयको नतिजा शुन्य भएको छ । बकैया गाउँपालिकाको ११ विद्यालयबाट ४ सय ४ जना परीक्षार्थीले परीक्षा दिएकोमा ५२ जना अर्थात १२.८७ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । बकैया गाउँपालिकाको २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ ।
त्यसैगरी बागमती गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ३५ परीक्षार्थीले परीक्षा दिएकोमा २७ जना अर्थात ८.६ प्रतिशत विद्यार्थी उतीर्ण भए । बागमतीको पनि २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ । कैलाश गाउँपालिकाको ६ वटा विद्यालयबाट १ सय ९९ परीक्षार्थीले एसइई परीक्षा दिएकोमा ११ जना अर्थात ५.५३ प्रतिशत विद्यार्थी मात्र उतीर्ण भए । यो उतीर्ण संख्या जिल्लामै सबैभन्दा कम हो । कैलाको २ वटा विद्यालयको नतिजा शुन्य रहेको छ ।
राक्सिराङ गाउँपालिकाको ५ वटा विद्यालयबाट २ सय ३१ परीक्षार्थीले परीक्षा दिएकोमा २३ जना अर्थात ९.९६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । राक्सिराङको एउटा विद्यालयको नतिजा शुन्य रहेको छ ।
मकवानपुरमा ३८ संस्थागत र ९९ सामुदायिक विद्यालयबाट ५ हजार ८ सय ३९ परीक्षार्थीले परीक्षा दिएकोमा २ हजार १ सय ६८ अर्थात ३७.१३ प्रतिशत विद्यार्थी उतीर्ण भएको तथ्याङ्कले देखाएको छ । जिल्लाभर १६ विद्यालयको नतिजा शुन्य रहेको छ । हेटौंडा, थाहा र मनहरीमा संस्थागत विद्यालयबाट मात्र विद्यार्थीहरुले एसइई परक्षिा दिएका थिए ।
नतिजा अपेक्षाकृत ल्याउनकाे लागि विद्यार्थी , अभिभावक, शिक्षक,विद्यालय व्यवस्थापन समिती सबैले आ आफ्नाे स्थानबाट आफ्नाे भूमिका पुरा गर्नु पर्ने संस्थागत विद्यालयतफबाट मकवानपुर जिल्ला प्रथम भएकाे प्रगती माविका विद्यालय व्यवस्थापन समित अध्यक्ष ज्ञानेन्द्र लामिछानेले बताए । ‘शिक्षककाे कामलाई विद्यार्थ, अभिभावक, विव्यास सबैले हाेस्टेमा हैंसे गर्नुपर्छ’ उनले भने ‘सफल हुँदा आफैं सफल भएकाे दाबि गर्ने अनि नकरात्मक नतिजा आउँदा एक अर्काेलाई दाेषाराेपण गर्ने गर्नु भएन ।’
हेटौँडा–९, पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयले एसईईमा ८१ जना विद्यार्थी उतिर्ण गराउन सफल भएकाे हाे । मकवानपुर जिल्लाको सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान छ । प्रगति माविबाट एसईईमा १ सय ७ जना विद्यार्थी सहभागी भएकोमा ८१ जना (७५.७० प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका हुन् ।

