मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरगढी गाउँ कमिटी अध्यक्षमा जीत बहादुर घिमिरे चयन भएका छन् । शुक्रबार भएको दोस्रो गाउँ अधिबेशनबाट घिमिरे अध्यक्षमा निर्बिरोध चयन भएका हुन् ।
घिमिरेलो अध्यक्षतामा गठन भएको गाउँ कमिटी उपाध्यक्षमा चन्द्र योञ्जन, सचिबमा रोम नाथ रेग्मी, उपसचिबमा सिताराम तिमल्सिना र अम्बिका अधिकारी दाहाल चयन भएका छन् । शुक्रबारको गाउँ अधिबेशनले ६५ सदस्य गाउँ कमिटी गठन गरेको छ ।
गाउँ कमिटि सचिब र युवा सदस्य पदका लागि चुनाब भएको थियो । सचिब पदमा रोमनाथ रेग्मी र उमेश अधिकारीको उम्मेदवारी रहेको थियो । युवा सदस्यकालागि उत्तम अधिकारी र बिष्णु प्रसाद तिमल्सिनाको उम्मेदवारी रहेको थियो ।
गाउँ कमिटी अध्यक्ष जीत बहादुर घिमिरेको अध्यक्षता तथा नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनिधि सांसद तथा एमाले समसदिय दल प्रमुख सचेतक महेश बर्तौलाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमम प्रदेश कमिटी सदस्य बद्री लम्साल,बलराम बल,नबराज तिमल्सिना, निर्मला लम्साल, नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा सचिब सीता बिष्ट, सदस्य बिदुर हुमागाई लगायतकाे उपस्थिती रहेको थियो।

