मकवानपुर । नेकपा एकीकृत समाजवादीका नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल देश विकास समाजवादी अवधारणाले मात्र सम्भव हुने बताएका छन् । पार्टीको हेटौडा उपमहानगरपालिका प्रथम नगर अधिवेशनलाई शनिबार सम्बाेधन गर्दै खनालले यस्तो बताएका हुन् ।
उनले पूँजिवादी तथा अधिपत्य जमाउन खोज्ने दलका कारण देशको अवस्था कमजोर हुनै गएकाे बताए । ‘नेपालकाे कम्युनिष्ट आन्दाेलन नयाँ माेडबाट अघि बढिरहेकाे छ’ उनले भने ‘नेपालकाे जनवादी क्रान्ति अगाडि बढाउने क्रममा कम्युनिष्ट पार्टी अनेकाै वलिदानका बाबजुद यहाँ आइपुगेकाे छ ।’ हामी पूँजिवादी क्रान्ति मार्फत नयाँ साम्राज्यवाद र समाजबादी क्रान्तिकाे युगमा रहेकाे बताउँदै उनले भने ‘अमेरिकाले जति दमन गरेपनि विश्वका सम्पूर्ण नागरिक जागरुक रहेकाेले साम्राज्यवाद विस्तार गर्न सम्भव छैन ।’
पूर्वीय शक्ति र पश्चिमा शक्ति विच टकरावका कारण बालबालिका, महिला, स्वास्थ्यकर्मीलगायतकाे हत्या हुन् २१ औं शताब्दीकाे नरसंहार रहेकाे उनकाे भनाई थियाे । स्वतन्त्रता प्यालेस्टाइनी जनताकाे अधिकार हाे, केही समयमा स्वतन्त्र प्यालेस्टाइन जन्मने उनले बताए । ‘चिनलाई आक्रमण गर्न अमेरिकाकाे नेपाललाई प्रयाेग गर्ने चाहना रहेकाे छ’ खनालले भने ‘अमेरिका नेपालमा एमसीसी मार्फत सैन्य शक्ति निर्माण गरि चिनलाई असफल बनाउने याेजनामा लागेकाे छ ।’
नेपालमा बैचारिक, संगठानत्मक र राजनितिक विचलन पेैदा भएकाे बताउँदै संविधान बनेपछि भएकाे पहिलाे निर्वाचनकाे समयमा रहेकाे नेपाल कम्युनिष्ट पार्टी देशमा शक्तिमा रहेकाे उनकाे भनाई थियाे । खनालले भने ‘अब सबै दलले समाजवादको एजेन्डालाई अघि सार्नुपर्छ ।’ उनले जनताको बहुदलीय जनवाद अन्तर्गतका कार्यक्रमको सान्दर्भिकता सकिएको बताउँदै एमाले पनि समाजवादको एजेन्डामा आउनुपर्ने बताए । औधाेगिकरणकाे कारण राेजगारी पाउने, मुलुकलाई डिजिटलाइजेसन गर्ने, गरिबी घटाउने आशा गरिएकाे नेकपाबाट जनताकाे कुनेै पनि सपना र विश्वास पूरा नभएकाे उनले जिकिर गरे ।
हामी वैचारिक समाजवादी क्रान्तिकाे पथमा अघि वढिरहेका छाैं खनालले बताए । पूँजिवादले मानिसलाई झनझन गरिवी तर्फ लैजादै गरेकाे बताउँदै पूँजिवादी संस्कृतिकाे विकासले समाजमा विकृति पैदा भएकाे उनकाे भनाई थियाे ।

