मकवानपुर । उच्च शिक्षामा चुनौतिहरू रोजगारी, दिगो क्षमता र रिटेनिङ ड्रपआउट बिषयमा दुई दिने राष्ट्रिय सम्मेलन हेटाैडामा सुरु भएकाे छ ।
मकवानपुरकाे हेटाैंडामा रहेकाे मकवानपुर बहुमुखि क्याम्पसकाे आयाेजनामा भइरहेकाे कार्यक्रम युवालाई लक्ष्यित गरेर राखिएकाे क्याम्पास सञ्चालक समिति अध्यक्ष अनन्त पाैडेलले बताए । कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जमर्कटेलले उच्च शिक्षा मात्र हैन, विद्यालय क्षेत्रदेखि नै सुधार गर्दै आउनुपर्ने बताए । समसामयिक विषयहरुमा छलफल र विश्लेषण मात्र हैन समाधान दिन सक्नुपर्ने जमकट्टेलले बताए । ‘हाम्राे शिक्षा नितान्त सैद्वान्तिक छ, व्यवहारिक भएन, शिक्षामा सिन्डिकेट गरिएकाे छ, माध्यमिक तहकाे सैद्वान्तिक शैक्षिक हासिल भएपनि विधार्थी व्यवहारिक र प्राविधिक शिक्षाकाे अभावमा बेराेजगार हुन पुगेकाे उनले बताए ।
प्रदेश सरकारले शिक्षा नीति बनाएकाे स्मरण गराउँदै, माध्यमिक तहका विद्यालयहरु आवास सहित एक वडा एक हुने, नर्सिङ र इन्जिनियरिङ काेर्स विधालय स्तरमा राखिने गरि नीति बनाएकाे उनले बताए । मकवानपुर बहुमखि क्याम्पसलाई प्रादेशिक बिश्वविधालय बनाउने तर्फ अघि बढेकाे, उच्च शिक्षामा देखिएकाे समस्या समाधानमा संघ प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए । ‘अहिले सबैभन्दा बढि समस्या र पीडामा सामुदायिक विद्यालयहरु रहेका छन्’ उनले भने । अवस्था हेरे कतिपय अवस्थामा सामुदायिक क्याम्पस मर्ज गरेर चलाउनतर्फ पनि साेच्नुपर्ने उनले बताए ।
कार्यक्रममा बागमती प्रदेशका पुर्व मुख्यमन्त्रि डाेरमणि पाैडेल, सामाजिक विकास मन्त्रि कुमारी माेक्तान, खानेपानी तथा सिंचाइ मन्त्र एकलाल श्रेष्ठ, जिसस प्रमुख ललित घलान, हेटौंडा उपमानगर पालिका प्रमुख मिना कुमारी लामा, संविधान सभा सदस्य प्रह्लाद लामिछानेलगायतले धारणा राखेका थिए ।

