मकवानपुर ।
आमा तिमी जन्मदिने मलाई
आमा तिमी प्राण दिने मलाई
आमा तिमि बोट म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो
युगकवि सिद्धीचरण श्रेष्ठले आमा कवितामा गाएको यो महिमाले नै झल्काउ“छ आमाको महिमा कति छ भनेर । यसो त अन्य धेरै साहित्यकारहरुका रचनाहरु आमाको महिमाले भरिएका छन् ।आमाको महिमाले आफ्ना संग्रह भर्ने रचनाकारहरुपनि एउटै सवालमा सहमत छन् त्यो हो ‘आमाको महिमा र योगदानलाई गाएर वा तिरेर पारपाइसक्नु छैन ।’
बढ्दो बेरोजगारीसंगै बढेको सामाजिक अपराधले पछिल्लो समय माया र ममताको परिधिलाई खुम्च्याएको टीप्पणी गरिन्छ । पैसा र क्षणिक स्वार्थको लागि जन्मदिने आमाको हत्या गरिएका दुखद् समाचारहरु पनि बेलाबखत सार्वजनिक हुने गरेका छन् । तर जस्तोसुकै अवस्थामा पनि सन्तानका खातिर असिम प्यार गर्ने आमाहरुलाई पुजिने दिन (पर्व) समाजमा प्रचलनमा छ । हो, आज सोहि दिन अर्थात बैशाख कृष्ण औंसी (आमाको मुख हेर्ने दिन) ।
सा“च्चै अपार महिमाकी खानी आमा र सन्तानको लागि आज विशेष दिन, आमवष्य औंसी । विभिन्न कार्य व्यस्तताका कारण आमाबाट दुर रहेका सन्तानहरु आजकै दिन आमाको सामिप्यता आइपुग्ने नेपाली परम्परा छ । विवाहित छोरीहरु आजकै दिन आमाको सामित्यताको लागि माइतिघर धाउने गर्दछन् । आमालाई वस्त्र, मिठाईलगायत प्रदान गरिने प्रचलन छ । कतिपयले आजको दिन आमालाई वस्त्र र मिष्ठान्न प्रदान गरि खुसी पार्न सकेमा दुधको भार तिरीनेमा जनविश्वास गर्दछन् ।
हेटौंडा–६ सावित्री चौलागाई आमा र सन्तानको लागि यो पर्व भेटघाटको एउटा अवसर मान्छिन् । वस्त्र र मिष्ठान्न दिएर आमाको भार तिरीनेमा विश्वास गर्दिनन् उनी । ‘लुगा र मिठाइ दिंदैमा आमाले हामीलाई दिएको बदला कहाँ पुग्न सक्छ र ?’ उनले भनिन् ।
मानव जीवनमा सबैभन्दा बढी योगदान आमाको रहन्छ । आमाको महत्वलाई प्राचिनकालमा त शिक्षण प्रणाली मै समावेश गरिएको थियो । उक्त शिक्षण प्रणालीमा ‘मातृवत परदारेषु’ अर्थात ‘सबै नारी जाति आमा हुन’ भनेर नारी जाति माथि श्रद्धाभाव प्रकट गर्न सिकाइन्थ्यो । आमाबाट नैतिकताको पाठ सिकाइने कुरामा अद्यपर्यन्त विश्वास गरिन्छ ।
नीति शास्त्रले पनि जननी र जन्मभूमी स्वर्ग जत्तिकै हुने उल्लेख गरेको छ । पछिल्लो समयमा आमाबाट सिकिएको भाषा (मातृभाषा) ले सरकारी प्रयोजनमा पनि कानूनी मान्याता पाउन थालेको छ । संस्कृतमा आमाको महत्व दर्शाउ“दै भनिएको छः आपदि मातैव शरणम् अर्थात् आपत पर्दा आमाको शरण लिइन्छ ।
आमा शिक्षित भए सिंगो समाज शिक्षित हुने भन्दै सरकारी तवरबाट पनि आमाहरु र नारीशिक्षाको लागि महत्व दिइएको छ । महिला सशक्तिकरण सवालाहरु पनि यसैका उपलब्धि मान्न सकिने हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा भन्छिन् । “आमाहरुलाई सबैक्षेत्रमा सशक्त बनाइनु पर्छ, उहाँसँग जस्तो सुझबुझ र संवेदशीलता अरुमा संभवछैन, समाजलाई सशक्त र सिर्जनशील बनाउन आमाहरुमा लागनी आवश्यक छ” मेयर लामाले भनिन् । यसैले स्थानीय तहहरुले महिला शसक्तिकरणको लागि ध्यान दिने गरेको उनले बताइन् ।
नेपाली परम्परामा चल्दै आएका यस्ता परम्पराहरुले महिलाप्रतिको सम्मान र ममतामा थप इंट्टको काम गरेको महिला नेत्रीहरु बताउ“छन् । आमा र सन्तानको लागि यो पर्व भेटघाट, मित्रता र दुःखसुख बाड्ने एउटा कोशेढुड्डो सावित भएको छ ।
आजको तिथिलाई मध्यनजर गरेर मात्र आमाको महिमालाई संझने र कदर गर्ने गरेर पुग्दैन । आमाको योगदानलाई कदर गर्ने हो भने सधैं आमाप्रतिको मर्यादा पालनु गर्नु जरुरी भएको छ । अन्य समयमा आमाको चित्त दुखाउने र आजको दिन आमाको महिमा संझने गर्नु व्यर्थ भएको हेटौंडाका साजन बैद्य बताउ“छन् । कुनै कुनै समुदायमा छोरीले मात्र यो पर्व मनाउने प्रचलन भएपनि आमाको योगदान छोराछोरी दुबैमा बराबर हुने भएकाले दुबैले यो पर्व मनाउनु पर्ने बैद्यले बताए ।
आमालाई मिठाइ वा फलफूल खुवाउने तयारीमा हुनुहुन्छ ? विचार पु¥याउनु होस् । आमाको महिमालाई संझना गरेर कदर स्वरुप प्रदान गर्ने ति मिठाइहरुमा अखाद्य पदार्थको मिसावट हुनसक्छ । फलफूललाई वृद्धि र पाक गर्नको लागि विषादी प्रयोग गरिएको हुनसक्छ । मिठाइहरुमा स्वस्थ्यकर रङ् र Çलेवरहरु राखिएको हुनसक्छ ।
तपाइले नै खुवाएको खाद्यन्नका कारण असर पुग्यो भने तपाइको भेटघाट र उल्लास पीडामा परिणत हुन के बेर । आर्थिक मन्दि र कालोबजारीको चरम सिमामा पुगेको बजारमा खाद्य मिठाइ स्वास्थ्यकर पाउन कठिन भएको छ । त्यसैले स्वास्थ्यकर खाना र मौसमी फलफूलहरुको मात्रै प्रयोग गर्न स्वस्थ्यकर्मीहरुको सुझाव छ ।

